सरकारबाट विशिष्ट श्रेणीको सरकारी परिचयपत्र प्राप्त गर्ने कलाकार १०३ जना पुगेका छन् । बिहीबार चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थप ६३ जना कलाकारलाई विशिष्टता सरकारी परिचयपत्र प्रदान गरेसँगै यो परिचयपत्र प्राप्त गर्ने कलाकारको संख्या १०३ पुगेको हो ।यसअघि २०७३ सालमा सरकारले ४० जना कलाकारहरुलाई यो परिचयपत्र प्रदान गरेको थियो ।बिहीबार परिचयपत्र प्राप्त गर्नेमा अभिनेता तथा निर्माता भुवन केसी, हास्य अभिनेता तथा निर्देशक सन्तो