सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या शीघ्र समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दीलगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले त्रिभुवन विश्वविद्यालयको समस्यालाई शीघ्र समाधान गर्न सरकारलाई निर्देशन दिए ।यसअघि प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै नेकपा (एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले […]