दुई पार्टीबीचको सहमति अनुसार मन्त्रालय घटाएर पनि मन्त्रीको संख्या आठ पुर्याइएकोमा सत्ता साझेदार दल नेकपा एमाले असन्तुष्ट बनेको छ। एमाले स्थायी किमटी सदस्य एवम् संसदीय दलका नेता यामलाल कँडेल दुई पार्टीबीच सहमति कार्यान्वयन गर्ने दायित्व सरकारको नेतृत्व गर...
सुर्खेत : कर्णाली प्रदेशका १२ वटा सरकारी कार्यालयले विद्युत् महसुल बुझाएका छैनन्। विद्युत् प्राधिकरणका अनुसार महसुल नबुझाउनेमा प्रदेशका मन्त्रालयदेखि जिल्लास्थित कार्यालयहसम्म छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले २२ महिनादेखि विद्युत महशुल बुझाएको छैन। यस मन्त्रालयले चार लाख आठ हजार पाँच सय ७० रुपैयाँ ७३ पैसा नेपाल विद्युत प्राधिकरणलाई बुझाउन बाँकी छ ।त्यसैगरी भूकम्प मापन केन्द्रले समेत विगत एक वर्षदेखि विद्युत् महसुल बुझाएको छैन। केन्द्रले कुल तीन लाख ८७ हजार ८९९ रुपैयाँ ५८ पैसा बुझाउन
बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो । आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो ।२ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
काठमाडौं, पुस ६ । भागबण्डा पुर्याउन बिना अध्ययन र तयारी प्रदेश सरकारहरूले धमाधम मन्त्रालय फुटाउन थालेका छन्। अहिले देशभर प्रदेश मन्त्रालयको संख्या ६९ पुगेका छ। प्रदेश १ र सुदूरपश्चिम सरकार बाहेक सबै प्रदेश सरकारले मन्त्रालय फुटाएका छन्। मन्त्रालय फुटाउन बागमती प्रदेश सरकार सबैभन्दा अगाडि छ। बागमतीले मन्त्रालय फुटाएर मुख्यमन्त्रीको कार्यालयसहित १४ मन्त्रालय पुर्याएको छ। प्रदेश […]
हेटौंडा : बागमती प्रदेशमा सत्तारुढ गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्दा समस्या बढेको छ। आवश्यक स्रोत साधन र कर्मचारीको व्यवस्थापन नगरी दलभित्रको आपसी भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्दा समस्या उत्पन्न भएको हो।बागमती प्रदेशमा रहेका आठ मन्त्रालयलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले १४ वटा पुर्याएका छन्। मन्त्रालयहरु विभाजित हुँदा कर्मचारी, मन्त्रालय राख्ने भवन, सवारीसाधन, मन्त्री बस्ने ठाउँको अभावसँगै प्रदेश सरकारको खर्च पनि बढेको छ। एउटै मन्त्रालयलाई फुटाएर चार वटासम्म बना
प्रदेश सरकार स्थापनाताका सातै प्रदेशमा मन्त्रालयको नाममा समानता थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानु्न, उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भएका थिए । तर अहिले कुन प्रदेशमा कुनकुन मन्त्रालय छन् भन्ने हेक्का समेत हुन छाडेको […]
बागमती प्रदेशमा गठबन्धनले आज नियुक्त हुने मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गरेको छ । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्न लागेका कृष्णप्रसाद खनालले सामाजिक विकास मन्त्रालय लिन नचाहेका कारण गठबन्धनले यसअघि तोकेको जिम्मेवारीमा हेरफेर गरिएको हो ।प्रदेशमा आज नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र समाजवादी पार्टीका संसदीय दलका उपनेताहरु सरकारमा जाने तयारी गरेका छन् । प्रदेश मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त हुँदैछन् । पाण्डेसँगै ३ मन्त्री नियुक