काठमाण्डाै - मनसुन भित्रिएसँगै देशका धेरै ठाउँमा पानी परेको छ । गएको वर्ष मनसुन फैलिएको एक हप्तापछि देशभर पानी परेकोमा यसपटक सुरुवातमै पानी पर्न थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक, दुई र वाग्मती प्रदेशमा भित्रिएको मनसुन यसपालि अलि छिट्टै देशभर फैलिने मौसमविद्ले बताएका छन् ।
यस वर्षको मनसुनमा पूर्वमा प्रदेश एक र दुईको तराई क्षेत्रबाहेक धेरैजसो ठाउँमा मौसम प्रतिकूल रहने अनुमान छ । अहिले पूर्वका एक/दुई ठाउँमा पानी परिरहेको छ । आज पूर्व र मध्य क्षेत्रमा मौसम पूर्ण बद्ली तथा सुदूरपश्चिम र ...