माघ २६ गतेदेखि ५ वर्षे अवधिको ऋणपत्र विक्री गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक, ब्याज कति पाइन्छ ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले माघ २६ गतेदेखि पाँच वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले १० दशमलव ३० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिऋणपत्र रू.१ हजार अंकित मूल्यको २४ लाख कित्ताले हुन आउने रू. २ अर्ब ४० करोड बराबरको ऋणपत्र विक्री गर्नेछ । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिने र ४० प्रतिशत ऋणपत्र सर्वसाधारणमा विक्री गरिने कम्पनीले बताएको छ । सर्वसाधारणमा विक्री गरिने ९ लाख ६० हजार कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४८ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिएको छ । अब बाँकी कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासनमा आउनेछ । यो ऋणपत्र छिटोमा फागुन १ गतेसम्म विक्रीमा रहनेछ भने छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा फागुन ११ गतेसम्म विक्री अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।  ऋणपत्र निष्कासनका लागि गराइएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपाल लिमिटेडले न्यून कर्जा जोखिमको संकेत गर्ने इक्राएनपी इस्यूअर त्रिपल ए रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थालाई समयमानै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्चतम मात्रामा सुरक्षित रहेको मानिने रेटिङ्ग कम्पनीको भनाइ छ । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखाकार्यालयबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

सम्बन्धित सामग्री

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई पाँचौं पटक ‘थ्रि ए’ रेटिङ

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचौं पटक ‘थ्रि ए’ रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले गरेको मूल्यांकनमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले उक्त रेटिङ पाएको हो । रेटिङका विषयमा इक्राले बैंकको पूँजीको जोखिम भार, सम्पत्ति अनुपात, नियमन लगायतलाई मूल्यांकनको आधार बनाएको बताएको छ । रेटिङले सन् २०२४ को मध्य जनवरीसम्मको बैंकको निष्क्रिय कर्जा १ दशमलव ६० प्रतिशत रहेको देखाएको छ, जब कि यसमा अन्य वाणिज्य बैंककोे औसत अनुपात ३ दशमलव ६३ प्रतिशत रहेको बताइएको छ । गतवर्षको यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ७२ प्रतिशत मूल्यांकन गरिएको थियो । साथै व्यवस्थापन, निरीक्षण क्षमता, कम लागत निक्षेपको तुलनामा रूपमा उच्च शेयर मूल्य, विश्वव्यापी ब्राण्ड प्रतिष्ठा र कोषको प्रतिस्पर्धी लागतको आधारमा रेटिङ गरिएको इक्राको दाबी छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले लगातार पाँच वर्षसम्म ‘थ्रि ए’ रेटिङ पाउनुले ग्राहक र सरोकारवालाप्रतिको बैंकको प्रतिबद्धता बलियो रहेको प्रमाण भएको बताए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई पाँचौं पटक ‘थ्रि ए’ रेटिङ

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचौं पटक ‘थ्रि ए’ रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले गरेको मूल्यांकनमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले उक्त रेटिङ पाएको हो । रेटिङका विषयमा इक्राले बैंकको पूँजीको जोखिम भार, सम्पत्ति अनुपात, नियमन लगायतलाई मूल्यांकनको आधार बनाएको बताएको छ । रेटिङले सन् २०२४ को मध्य जनवरीसम्मको बैंकको निष्क्रिय कर्जा १ दशमलव ६० प्रतिशत रहेको देखाएको छ, जब कि यसमा अन्य वाणिज्य बैंककोे औसत अनुपात ३ दशमलव ६३ प्रतिशत रहेको बताइएको छ । गतवर्षको यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ७२ प्रतिशत मूल्यांकन गरिएको थियो । साथै व्यवस्थापन, निरीक्षण क्षमता, कम लागत निक्षेपको तुलनामा रूपमा उच्च शेयर मूल्य, विश्वव्यापी ब्राण्ड प्रतिष्ठा र कोषको प्रतिस्पर्धी लागतको आधारमा रेटिङ गरिएको इक्राको दाबी छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले लगातार पाँच वर्षसम्म ‘थ्रि ए’ रेटिङ पाउनुले ग्राहक र सरोकारवालाप्रतिको बैंकको प्रतिबद्धता बलियो रहेको प्रमाण भएको बताए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा करेस्पोण्डेन्ट बैंकिङ्ग एकेडेमी संचालन

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले काठमाडौंमा करेस्पोण्डेन्ट बैंकिङ्ग (सिबि) एकेडेमी संचालन गरेको छ । कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले गरेका थिए । मिश्रले करेस्पोण्डेन्ट बैंकिङ्ग एकेडेमी मार्फत आफ्नो विश्वव्यापी सम्बन्ध र अनुभवको बारेमा नेपालका बैंकिङ्ग उद्योगलाई जानकारी प्रदान गरेकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई धन्यवाद ज्ञापन गरेका थिए । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सिसिआइबि, क्लाइन्ट कभरेज, एशियाका क्षेत्रीय सहप्रमुख हेइडी तोरिबायोले ए

स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपालबीच सम्झौता

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र युनिलिभर नेपालबीच सम्झौता भएको छ ।सम्झौतासँगै युनिलिभरका वितरकलाई बैंकले आपूर्ति आवद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने भएको छ । यस कार्यक्रमको माध्यमबाट युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृति प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानको लाभ लिन सक्नेछन् ।बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगी […]

स्ट्याण्डर्ड चार्टर्ड र युनिलिभर नेपाल सम्झौता

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र युनिलिभर नेपालबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृती प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्नेछन् । बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु)लाई पर्याप्त वित्तीय श्रोत उपलब्ध गराउने हेतूले निर्माण गरिएको बैंकले जारी गरे

स्ट्याण्डर्ड चार्टर्ड बैंक नयाँ शाखा नक्सालमा

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले राजधानीको नारायण चौर नक्सालमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो ।शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् । सो कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले भने, “हामी नयाँ शाखाबाट हाम्रा विद्यमान र नयाँ ग्राहकहरूलाई सेवा दिन पाउँदा हर्षित छौं। नयाँ स

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा नक्सालमा

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले काठमाडौंको नारायण चौर, नक्सालमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको डेपुटी सीईओमा गोरख राणा

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा गोरख राणा नियुक्त भएका छन् । बैंकले १ जनवरी २०२२ देखि लागू हुने गरी राणालाई सो पदमा नियुक्त गरेको जानकारी दिएको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको हो ।जसअन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा […]

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा भण्डारी

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले कम्पनी सचिवमा गोपीकृष्ण भण्डारीलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको ४१०औं बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै, भण्डारीले वैशाख १७ गतेदेखि पदबहाली गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।