भारतीय नम्बर प्लेटको कार भित्र तीन जना बालक मृत फेला,हत्या वा दुर्घटनाको अनुसन्धानमा प्रहरी

काठमाडौँः दाङको तुलसीपुर स्याउली बजारमा पार्किङ गरेर राखेको कारमा तीन जना बालकको शव फेला परेको छ। आरजे ०१ सिसि ०८८५ भारतीय नम्बर प्लेट भएको कारभित्र तीन जना बालकको शव फेला पर्नु निकै डर लाग्दो विषय बनेको छ। शनिवार राति कारभित्र बालकको शव भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा…

सम्बन्धित सामग्री

अझै उठेन ३ बालकको शव

कार भित्र मृत फेला परेका तीन बालकको शव अझै उठ्न सकेको छैन। बैशाख १८ गते बेलुका दाङको तुलसीपुरस्थित स्याउली बजारमा पार्किङ गरेको रोखेको  कारभित्र सोही वडाको बरुवाका गाउँका ९ बर्ष मुनिका तीन बालक मृत अवस्थामा फेला परेका थिए ।शब सोही दिन पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । पोष्ट मार्टम रिपोर्टले ती बालकको शरिरमा कुनैपनि चोट पटक लागेको नदेखिएको उल्लेख गरेको छ ।तर, हप्ता दिन बितिसक्दा पनि अभिभाबकले शब बुझ्न नमानेका हुन् । पीडित परिवारले आफ्ना सन्तानको हत्या भएको दाबी गर्दै आ...

दाङमा ३ बालक मृत्यु प्रकरण – २ जनाविरुद्ध ज्यान मुद्दा

दाङको तुलसीपुरस्थित स्याउली बजारमा शनिवार बेलुकी एउटै कार भित्र तीन जना बालक मृत फेला परेपछि प्रहरीले आइतबार कार धनी र चालकलाई पक्राउ गरि मुद्दा चलाएको छ । स्याउली बजारमा पार्किङ गरेर राखेको इण्डियन नम्बर प्लेटको एउटा कार भित्र तुलसीपुर ६ बरुवा गाउँ निवासी ९ बर्ष मुनिका तीन जना बालकको शव फेला परेको थियो । घटना अनुसन्धानका लागि पक्राउ गरिएका कार धनी तुलसीपुर ६ का ३३ बर्षीय यादब प्रसाद गैरे र सोही वडाकै ५७ बर्षीय चालक पदमबहादुर बस्नतेलाई आइतबार प्रहरीले ज्यान शीर्षकमा मुद्दा चलाएको छ । इलाका प्रहरी कार्यालय तुलसीप...