पोखरामा एक महिला मृत फेला परेकी छन् । पोखरा महानगरपालिका–१५ अमिनतहरास्थित सेती नदी किनारमा अन्दाजी २५÷३० वर्षकी महिला मृत अवस्थामा फेला परेकी हुन् । सोमबार बिहान मृत अवस्थामा भेटिएकी महिलाको पहिचान नखुलेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।घटनाको जानकारी लगत्तै विशेषज्ञ सहितको प्रहरीको टोलीले शव निकालेर अनुसन्धान कार्य शुरु गरेको जनाएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्री
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जुम्लाको घटनाको निष्पक्ष र विश्वसनीय अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याई परिवारलाई उचित क्षतिपूर्ति दिन आग्रह गरेको छ । आयोगले जुम्लाको गुठीचौर गाउँपालिका–३ का १३ वर्षीय बालक पदमबहादुर बुढाको प्रहरीको कुटपीटबाट मृत्यु भएको भनिएको घटनाप्रति ध्यानाकर्षण जनाउँदै आईसीयूमा रहेको शव उपयुक्त स्थानमा व्यवस्थापन गर्न, विशेषज्ञ चिकित्सकबाट यथाशीघ्र शव परीक्षण गराउन तथा पीडित परिवारको संरक्षण र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको