कोरोना कहरपछि बिस्तारै वैदेशिक रोजगारी चलायमान हुँदैछ । यद्यपि कोरोना कहर भने रोकिएको छैन । यस बीचमा धेरै नेपालीहरूले रोजगारी गुमाएर स्वदेश फर्किएका छन् । कतिले त पुनः वैदेशिक यात्रालाई नै पछ्याएका छन् । नेपालीहरूको आकर्षक श्रम गन्तव्य देशहरूले श्रमिकका हक र अधिकारका दायराहरू फराकिलो पार्दै लगिरहेका छन् । कतार, साउदी अरेबिया र यूएई लगायतका देशहरूले श्रम ऐनमा व्यापक फेरबदल गरिरहेका छन् । यसले लाखौँ आप्रवासी कामदारहरूलाई केही हदसम्म भए पनि राहत मिलिरहेको छ ।
कतारसँग नेपालले सन् २००५ यता श्रम सम्झौता गर्न सकेको छैन ...