काठमाडौं, साउन ३ । शिक्षण संस्था विशेषगरी विश्वविद्यालयमा पदाधिकारीहरूको पार्टीगत कोटाका आधारमा गरिने नियुक्तिले शिक्षक तथा प्राध्यापकहरूले कुनै न कुनै राजनीतिक दल समात्नुपर्ने बाध्यता खडा गरेको छ। राजनीतिबाट टाढा बस्नुपर्ने तथा तटस्थ निर्णय गर्नुपर्ने, देशको काल परिस्थिति तथा आवश्यकतालाई ध्यानमा राखेर आउँदो पुस्ता तयार गर्नुपर्ने जिम्मेवारी लिएका शिक्षक र प्राध्यापक राजनीतिक दलको ठेकेदारका रूपमा देखिएका […]