निषेधाज्ञा असर : आफूले रोजेको कलेजमा पढ्न वञ्चित हुँदै विद्यार्थी

काठमाडौं : नेपालमा पुनः दोस्रो लहरको कोभिड-१९ संक्रमण फैलिएसँगै सबै शिक्षण संस्था हालसम्म पनि बन्द छन्। वैशाख १६ गतेबाट जारी भएको निषेधाज्ञा अधिकांश जिल्लामा जारी छ।निषेधाज्ञाको प्रत्यक्ष मार विद्यार्थीहरूले खेपेका छन्। न उनीहरूले भौतिक कक्षामै उपस्थित भएर पढ्न पाएका छन्‌, न त आफूले रोजेको स्कूल /कलेजमा नै पढ्न पाएका छन्।  राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत साउन २३ गते नै सार्वजनिक गरिसकेको छ। देशभर करिब पाँच लाख विद