राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धको सन्देशअनुसार सामूहिकता र मानवप्रेमको भावना जागृत गराउन सके मात्र समाजमा दीगो शान्ति कायम गर्न सकिने बताएकी छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औं वार्षिकोत्सव तथा केन्द्रीय पुस्तकालय भवनको बिहीवार लुम्बिनीमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्धको ज्ञान र शिक्षाको उपयोगबाट नै विद्यमान तीव्र स्वार्थ र द्वन्द्व निवारण गर्दै दीगो शान्ति कायम गर्न सकिने बताइन् ।
राष्ट्रपति भण्डारीले मौलिक रूपमा विकास भएको बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालयदेखि उच्च तहसम्म समावेश गर्दै समयसापेक्ष ब...