–रमा केसी/रासस सुर्खेत (छिन्चु), १९ असोज । तारादेवी बुढाको परिवार २०३५ साल तिर सल्यानबाट सुर्खेतको पूर्वी क्षेत्र मेहलकुनामा बसाइँ स¥यो । उनका श्रीमान शेरबहादुरले बजारछेउमा थोरै ऐलानी जमिन जोडेका थिए । जग्गाधनी पुर्जा नपाउँदै शेरबहादुरको मृत्यु भयो । दुई छोराले दुःख गरेर ऐलानी जमिनमै एकतले पक्की घर बनाए । “जग्गाधनी प्रमाणपुर्जा नहुँदा बनाएको घर र […]