कञ्चनपुर - पछिल्लो केही वर्षयता बसाइँँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ ।
कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कुल खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो छ । पहाडी क्षेत्रबाट बसाइँँ सरेर आउने क्रम बढेका कारण कैलाली र कञ्चनपुरको खेतीयोग्य जमिन बस्तीमा रुपान्तरण हुँद...
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको तलुवा क्षेत्रमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । सुख्खा समस्या बढ्दै गएपछि जमिन बाँझो हुने क्रम बढेको हो । तलुवा क्षेत्रको दूधकोसी गढतिर आसपासमा रहेको जमिनमा उब्जनी हुने क्रम घटेसँगै जमिन बाँझिन थालेको स्थानीय पद्मबहादुर श्रेष्ठले बताउनुभयो । सुख्खा समस्याकै कारण यस क्षेत्रमा रहेका पानीका मुहान समेत सुक्दै […]
१० भदौ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका-२ कटानीका रामबहादुर मिजार ३५ वर्षदेखि एकै ठाउँमा बस्दै आएका छन् । तर, उनी बसेको जमिन उनको नाममा छैन । जंगल छेउमा बसेका उनले पाँच कठ्ठा जमिन चर्चेर उपभोग गर्दै आएका छन् । ‘३५ वर्ष भयो यो ठाउँमा बसेको, पाँच वटी छोरीको विवाह यहीबाटै गरें’ उनले भने, ‘नागरिकता छ, […]
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ७ परासनका वनवारी रानासँग ४ विघा जमिन छ । तर, उनले त्यो जमिन राखेर बैंकबाट ऋण लिई छोरीलाई एमबीबीबीएस पढाउन खोज्दा बैंकबाट ऋण पाएनन् । “बैंकमा जमिन धितो राखेर छोरीलाई डाक्टरी पढाउन चाहेको थिएँ । सीमानाको नजिक रहेको खुल्ला खेत, जंगली जनावरले पनि बाली नोक्सान गर्ने भएको हुनाले बैंकले धितो […]
काठमाडौं।तपाईले आफ्नो खेतीयोग्य जमिन बाँझो राख्ने गर्नुभएको छ भने अबदेखि भने विचार पुर्याउनु होला है,किनभने सरकारले आफ्नो खेतीयोग्य जमिन बाँझो राख्नेहरुलाई १ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम ल्याएको छ।मन्त्रिपरिषदले भूउपयोग नियमावली स्वीकृत गरे संगै जग्गा बाँझो राख्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको हो।नियमावली अनुसार काबुबाहिरको पारिस्थिति बाहेक कृषिक्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसूर गरेको मानिने छ।
लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा रोजगार खोज्दै बिदेसिनेको संख्या बढ्दै गएपछि ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ। भएका युवा पनि बिदेसिएपछि गाउँमा काम गर्ने जनशक्तिको अभाव हुँदा खेतीयोग्य जमिन बाँझै भएको हो।...
बझाङ – बझाङमा बर्सेनि सेती नदीमा आउने बाढीले खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गर्ने गरेको छ । सेती र कालंगा नदीमा आउने बाढीले जमिन बगाउँदा यहाँका बाढी पीडितसँग लालपुर्जा भए पनि जग्गा भने छैन ।
बझाङमा कुनै सरकारी कार्यालय, सङ्घ–संस्थासँग बाढीले कति जमिन बगाएको छ र बाढीले कति परिवार विस्थापित भए भन्ने यकिन तथ्याङ्क भने छैन ।
यकिन तथ्याङ्क नभए पनि बुङ्गल भएर बग्ने कालंगा नदीले दह बगरको लौनेदेखि केदास्युको देउरासम्म र सेती नदीले तलकोटको मेलबिसौनादेखि केदारस्युको देउ...
कास्कीको पोखरामा जमिन भासिएर ठूलो भ्वाङ परेको छ । महेन्द्रपुल सेलवेज गेटको नजिकैको गरिमा विकास बैंक अगाडि सडक रहेको जमिन भासिएर भ्वाङ परेको हो ।
सडकमा भ्वाङ पर्दा सो क्षेत्रको सवारी आवागमन प्रभावित बनेको प्रहरीले जनाएको छ ।
पोखरा क्षेत्रको भौगोलिक अवस्थाले बेलाबेला जमिन भासिने तथा भ्वाङहरु पर्ने घटना बारम्बार हुने गरेको छ ।
तस्बिरहरुः रेडियो अन्नपूर्ण पोखरा
प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पूर्वको जमिन नेपालको जमिन भएकाले सो जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताए ।विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरूसँग अन्तरक्रिया गर्दै उनले वर्षौंदेखि नेपालको भूमि भारतले प्रयोग गर्दै आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने बताए । उनले महाकाली नदी पूर्वको जमिन नेपालको भएको र […]