मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासमा चासो राखेका छन् । स्थानीय समस्याबारे जानकार रहेका पोखरेल निर्वाचित भए लगत्तै सो क्षेत्रको विकास निर्माण कार्यहरुलाई द्रुत गतिमा अघि बढाउन लागि परेका हुन् । उनले क्षेत्र नम्बर २ अन्तर्गत पर्ने रंगेलीदेखि रतुमाईको चौकी घाटसम्मको सडक चाँडै सम्पन्न गराउन पहल गरेका छन् । नेकपा (एमाले) मोरङका अध्यक्षसमेत रहेका सांसद पोखरेलले दक्षिणी क्षेत्रको ‘लाईफलाईन’ सडकका रुपमा रहेको निर्माणाधि