काठमाण्डाै – सप्तकोशी नदीमा पानीको बहाब बढेर भंगालो फुटेपछि प्रभावित क्षेत्रका बासिन्दाले गाउँ छोड्न थालेका छन् ।
बाढी बस्तीमा पस्न थालेपछि उदयपुरको बेलका नगरपालिकाका वडा नम्बर १, २, ८ र ९ का बासिन्दा सुरक्षित ठाउँमा जान थालेका हुन् । आज बिहान ४ बजेदेखि नदीले कटान गर्न थालेको हो । प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ । उदयपुर परराष्ट्रमन्त्री डा. नारायण खड्काको गृह जिल्ला पनि हो । गृहमन्त्री खाणले सप्तकोशी...