सप्तकोसी कटान : उद्धार र राहतको व्यवस्था गर्न गृहको निर्देशन

सप्तकोसीले कटान सुरु गरेपछि गृह मन्त्रालयले मातहतका निकायलाई जोखिममा रहेका परिवारको स्थानान्तरण, उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयमातहतका सबै निकायलाई अलर्ट राख्दै बाढी प्रभावितको उद्धार र राहतमा कुनै कमी हुन नदिन निर्देशन दिएका हुन् ।