रौतहटको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले चन्द्रपुर नगर उद्योग वाणिज्य संघको भवन निर्माण रोक्न आदेश दिएका छन् ।
केही साता अघिमात्र आफंै उपस्थित भएर शिलान्यास गरेको नगर उद्योग वाणिज्य संघको भवन निर्माण तत्काल रोक्न पत्राचार गरेपछि उनको दोहोरो चरित्र रहेको भन्दै व्यापारीहरू आक्रोशित भएका छन् । चन्द्रपुर नगरपालिकाले वडा नं. ५ मा निर्माण हँुदै गरेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघ तथा चन्द्रनिगाहपुर सिटि जेसिजको भवन निर्माणको काम रोक्न नगरपालिकाले पत्र पठाएपछि नगरप्रमुखको चरित्र दोहारो भएको भन्दै व्यापारीहरूले चिन्ता व्यक्त गरेका छन् ।