काठमाडौं : राष्ट्रिय परिचयपत्रको सेवा आजदेखि काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट पनि लिन सकिने भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि काठमाण्डौका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने जनाएको हो। गते मंसिर १ गतेदेखि राहदानी विभागले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयबाट मात्रै सेवा दिँदा भीड बढेको थियो। तत्कालका लागि बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प