काठमाडौं : आईजीपी बढुवाविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ।गत सोमवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दाको सु्नुवाइ आज हुन लागेको हो। धिरज प्रताप सिहंलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।सो रिटमाथि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ। गत सोमबार प्रतिवादीका तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितका सरकारी वकिलहरूले बहस गरेका थिए। आज