काठमाण्डाै – नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले कांग्रेसका संस्थापक एवम् पूर्वसभापति विश्वेश्वरप्रसाद कोइराला (वीपी) लाई नेपालको संसद्ले सम्झिनुपर्ने बताउनुभएको छ ।
आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद रिजालले आज वीपी कोइरालाको स्मृति दिवस भएको र वीपी नेपालको पहिलो संसद्को नेता भएकाले उहाँलाई संसद्ले स्मरण गर्नुपर्ने बताउनुभएको हो । वीपीले राजासँग लड्दा अथवा राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेको उहाँले बताउनुभयो ।
सांसद रिजालले कोइ...