मिलेमतो पुष्टि भएपछि राष्ट्रिय पुस्तकालयको ७० करोडको ठेक्का रद्द

१४ चैत, काठमाडौं । मिलेमतो पुष्टि भएपछि नेपाल राष्ट्रिय पुस्तकालयले जमलमा बन्ने लागेको पुस्तकालय भवन निर्माणको ठेक्का प्रक्रिया रद्द भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत माघ १० गते आह्वान गरको झण्डै ७० करोड रुपैयाँ बराबरको ठेक्कामा प्रतिस्पर्धा खुम्च्याएर सेटिङ गरिएको थियो । बोलपत्रमा प्रतिस्पर्धा खुम्च्याएर भएको मिलेमतोबारे अनलाइनखबरले समाचार सार्वजनिक गरेको थियो […]

सम्बन्धित सामग्री

वीरगञ्जको पावरहाउस–रजतजयन्ती चोक सडकको ठेक्का रद्द

वीरगञ्ज । वीरगञ्जको घण्टाघरस्थित भत्किएको बाटो यो वर्ष पनि मर्मत नहुने भएको छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने सो सडक मर्मतका लागि सडक विभागले निकालेको ठेक्का रद्द भएपछि सडक मर्मत अन्योलमा परेको हो । यो वर्ष पनि वीरगञ्जका बासिन्दाले हिलाम्मे सडकमा हिँड्नुपर्ने भएको छ । वीरगञ्जको पावरहाउसदेखि रजतजयन्ती चोकसम्म ६ किलोमिटर सडक मर्मतका लागि सडक विभागको वीरगञ्ज पथलैया व्यापारिक मार्ग आयोजनाले ठेक्का निकालेको थियो । सो ठेक्कामा एउटामात्रै निर्माण कम्पनीले आवदेन हालेको थियो । निर्माण कम्पनीले सडक विभागले राखेको अधिकतम रकमभन्दा बढी रकममा ठेक्का प्रस्ताव गरेपछि रद्द गरिएको आयोजना प्रमुख मनीष साहले बताए । ‘एउटा मात्र निर्माण कम्पनीले ठेक्काको आवदेन हाले पनि सम्झौता गर्न सकिने थियो । तर, अधिकतम रकमभन्दा बढीको प्रस्ताव आएकाले ठेक्का नै रद्द गर्नुपर्‍यो,’ साहले भने । सडक विभागको अधिकार क्षेत्रमा पर्ने त्रिभुवन राजपथ अन्तर्गतको सो सडक वर्षौंदेखि मर्मत हुन सकेको छैन । वीरगञ्जको मुख्य बजार घण्टाघरबाट माईस्थान जाने बाटो भत्किएर जीर्ण भएको लामो समय बितिसकेको छ । यसै त साँघुरो सडक, त्यसमाथि भत्किएर खाल्डैखाल्डा बनेपछि आवागमन असहज बनेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । पानी पर्दा हिलो र घाम चर्किंदा धूलोले स्थानीयलाई सकस भएको छ । त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको गण्डकदेखि मितेरीपुलसम्मको सडकखण्ड विस्तारको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले सडक विभागले सो खण्डको मर्मतमा उदासीनता देखाउँदै आएको थियो । देशकै मुख्य नाकामा रहेको वीरगञ्जका सडकको दुर्गतिले शहरको छवि नै बिग्रिएको भन्दै स्थानीयले आलोचना गर्दै आएका छन् । सडक विभागले बल्लबल्ल सडक मर्मतको ठेक्का आह्वान गरेकोमा त्यो पनि रद्द भएको छ । अब चालू आर्थिक वर्षमा मर्मतको सम्भावना नरहेको आयोजना प्रमुख साहले बताए । बर्खा शुरू हुने भएकाले काम गर्न नसकिने उनको भनाइ छ । ‘मर्मतका लागि अब आगामी आर्थिक वर्ष कुर्नुपर्ने भयो । बर्खामा ठेक्का र काम दुवै हुँदैन,’ उनले भने । चैतभित्रै मर्मत सक्ने लक्ष्य राखेर सडक विभागले गत पुसमा ५ करोड रुपैयाँमा ठेक्का आह्वान गरेको थियो । सागर/निरीक्ष जेभीले सडक विभागले राखेको भन्दा १ लाख १७ हजार रुपैयाँ बढीमा प्रस्ताव हालेको थियो । उता, रजतजयन्ती चोकदेखि मितेरी पुलसम्म १३ सय मिटर सडक मर्मतको काम पनि अझै अघि बढ्न सकेको छैन । समा कन्स्ट्रक्सनसँग ५ करोड रुपैयाँमा सम्झौता भएकोमा ठेक्का नपाएका ठेकेदारले मिलेमतो भएको भन्दै अदालतमा मुद्दा हालेपछि काम अघि नबढाउन अन्तरिम आदेश भएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल निर्माणमा 'सेटिङको ठेक्का' रद्द

लुम्बिनी प्रादेशिक अस्पताल निर्माणमा गरिएको ‘सेटिङ’ को ठेक्का रद्द भएको छ । सीमित निर्माण व्यवसायीले मात्र पाउने किसिमले ठेक्काको बोलपत्र आह्वान गरिएपछि मिलेमतो भएको आशंकामा आलोचना भएको थियो । चौतर्फी दवाव बढेपछि ठेक्का प्रक्रिया रद्द गरिएको लुम्बिनी अन्तर्गत प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

ठेक्काको मिलेमतो स्वीकार्दै पूर्वाधार प्राधिकरणका सीईओ घिमिरेले दिए राजीनामा

१४ चैत, काठमाडौं । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले राजीनामा दिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि मिलेमतोमा भएको ठेक्का पुष्टि भएको भन्दै उनले राजीनामा पत्र बुझाएका हुन् । घिमिरेले ठेक्का रद्द गरेलगत्तै आफ्नो राजीनामाबारे जानकारी दिन जारी गरेको प्रेश विज्ञप्तिमा २, फागुन २०७८ मा बसेको प्रदेश […]

कटहरी गाँउपालिकाले एक करोड हिनामिना गरेको वडाध्यक्षको आरोप

विराटनगर : लोहन्द्रा खोलाबाट नदीजन्य वस्तु उत्खनन् र निकासीको ठेक्क लगाउँदा कटहरी गाँउपालिकाले एक करोड रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ।वडा नम्बर २ का वडा अध्यक्ष किशोरकुमार पाण्डेले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी गाउँपालिकाले खोला ठेक्का लगाउँदा एक करोड बढी रकम हिनामिना गरेको र घाटा बेहोर्नु परेको दावी गरेका हुन्। गाउँपालिकाले गत भदौमा १ करोड ७३ लाख रुपैयाँमा लागेको ठेक्का रद्द गरी गत फागुन १ मा ७४ लाख रूपैयाँमा फेरि ठेक्का लगाएको थियो।वडाध्यक्ष पाण्डेले ठेकेदारसँग मिले