जुम्ला : जुम्लामा पुरूषको तुलनामा महिलामा आँखाको समस्या बढी पाइएको छ। हिमालयन आँखा अस्पताल खोखराको प्राविधिक सहयोग, सिबिएम नेपाल र नेपाल नेत्रज्योति संघको आर्थिक सहयोगमा सञ्चालन गरिएको शिविरमा आउनेमध्ये महिलामा आँखाको समस्या बढी देखिएको हो।शिविरमा १ हजार ३६० जनाले आँखा परीक्षण गराएका थिए। जसमध्ये १२१ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको हिमालयन आँखा अस्पतालका नेत्र अधिकृत गोविन्दनाथ योगीले जानकारी दिए। तीमध्ये ५९ पुरूष र ६२ जना महिला छन्। शिविर ज्येष्ठ नागरिकलाई लक्षित गरी राखिएको हो।नेत्र अधिकृ