१७ साउन, विराटनगर । प्रदेश १ सरकारले मात्र होइन, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले पनि दशौं तथा अन्तिम अधिवेशनबाटै प्रदेशको नाम राख्ने बताएका थिए । प्रदेश सभाबाट बजेट पारित भए लगत्तै प्रदेशको नामाकरणको विषय टुंग्याउने उनीहरूले बताएका थिए । जसअनुसार दलहरुले पटक पटक आन्तरिक र सर्वदलीय बैठक बसाले पनि । तर नाममा सहमति जुटेन । […]