फूलसँगै काँडा छ र जिन्दगी मजा छ

फूलसँगै काँडा छ र जिन्दगी मजा छ, छ धेरै चुनौती तर जिन्दगी मजा छ। विश्वासको हाँगामा टेकेर बढ्ने हो अघि,गर आफैंलाई प्रेम गर जिन्दगी मजा छ।...

सम्बन्धित सामग्री

फूलको जिन्दगी

जिन्दगी तिमी फूल भएर मुस्कुराई देऊ । काँडा बनेर रगताम्मे हुने गरी घोच्न नआऊ । अनि सधैँ झक्झक्याइरहने याद बनेर पनि नआई देऊ । स्याहार–सुसार गर्दै व्यर्थ म कति माया गरुँ तिमीलाई ! तिमीलाई अरूले टिप्न, लुछ्न, लुट्न सक्छन् भनी म कति चिन्ता लिऊ ? तिमी अब आफ्नो ख्याल आफैं गर । भो अब म धेरै शुभचिन्तक बनिरहन सक्दिनँ तिम्रो । शुभेच्छा पोखिरहने मेरो अधिकार पनि छैन । तिमी अब आफैँ सुरक्षित र शक्तिशाली बनी मुस्कान बाँडेर बाँच मेरो शुभकामना छ, प्रिय फूल

यस्तै रहेछ जिन्दगी

फूल रहेछ जिन्दगी वसन्तमा फुलिरहन्ने,काँडा रहेछ मुटुभित्र बिझाइरहन्ने। कति उराठलाग्दो छ जिन्दगी बेसहारा गरीबका लागि, कति रमाइलो अनमोल छ जिन्दगी सम्पन्न हुनेहरूका लागि। कति स्वार्थी छ जिन्दगी हरस्वार्थ पूरा गर्नेहरूका लागि, कति निश्छल छ कोमल हृदय हुनेहरूका लागि।