भारत तथा यूएई बीच स्वतन्त्र व्यापार सम्झौता, दुवै पक्षलाई कारोबारमा ठूलो अवसर

फागुन ७, नयाँदिल्ली ।  भारत तथा संयुक्त अरब इमिरेट(यूएई) बीच स्वतन्त्र व्यापार सम्झौता(एफटीए)भएको छ । दुवै देश बीच व्यापारलाई नयाँ गति प्रदान गर्ने उद्धेष्यले उक्त सम्झौता भएको हो । उक्त सम्झौतामा कमर्स एण्ड इन्डष्ट्रि मन्त्री पीयूष गोयल तथा यूएईको वित्त मन्त्री अब्दुल्ला बिन तुक अल मारीले कम्प्रिहेन्सिप इकोनोमिक पार्टनरसिप एग्रिमेन्ट(सीईपीए) मा हस्ताक्षर गरेका हुन् । एउटा भर्चुअल सम्मेलनमा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा यूएईका राजकुमार शेष मोहमद बिन जाएद अल नाहयान सहभागी थिए । हस्ताक्षरपछि आयोजित प्रेस  सम्मेलनमा यो सम्झौतापछि दुवै पक्षलाई कारोबारमा ठूलो अवसर मिल्ने बताए । कारोबार पनि दुई गुणाले वृद्धि हुने पनि उनले बताए । सम्झौतापछि भारत तथा यूएईको व्यापारमा  ठूलो फाइदा मिल्ने बताइएको छ ।  बजार पहुँच विस्तार बढाउने ट्यारिफ कम गर्न मद्दत मिल्ने छ । आगामी पाँच वर्षमा दुवै देश  बीचको व्यापारिक कारोबार १०० अर्ब डलर पुग्ने छ । तर अहिले चाँही दुई देश बीचको कारोबार ६० अर्ब डलर रहेको छ । उक्त सम्झौतामा सामान,  सेवा, वस्तु उत्पादन  कानून, भन्सारसँग सम्वन्धित् कानून, सरकारी खरीद, सिमा शुल्क प्रक्रिया, बौद्धिक सम्पती, ई- कमर्स आदान प्रदान गरिने उल्लेख छ । एजेन्सी