काठमाडाैं : मुलुकको अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा सरकारको लगानी पनि हरेक वर्ष बढ्दै गएको छ। सरकारले सिँचाइका लागि विद्युतमा ५० प्रतिशत बराबरको महशुल छुट दिने निर्णय पनि गरेको छ। कार्यान्वयन पनि भइरहेको छ। यतिबेला मौसम पनि खेतीपातीकै छ।अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा कृषि क्षेत्रमा के कस्ता चुनौती छन्, भनेर बेला बेलामा चर्चा पनि हुने गरेको छ। सरकारका विभिन्न निकायले अध्ययन पनि गरेका छन्। पहिचान भएका समस्याको निरुपणका लागि सार्थक पहल हुन नसकेको गुनासो पनि उत्तिकै छ।नेपाल राष्ट्र