-रमेश लम्सालमुलुकको अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा सरकारको लगानी पनि हरेक वर्ष बढ्दै गएको छ । सरकारले सिँचाइका लागि विद्युतमा ५० प्रतिशत बराबरको महसुल छुट दिने निर्णय पनि गरेको छ । कार्यान्वयन पनि भइरहेको छ । यतिबेला मौसम पनि खेतिपातीकै छ । अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा कृषि क्षेत्रमा के कस्ता चुनौती छन् भनेर बेला बेलामा चर्चा पनि हुने गरेको छ । सरकारका विभिन्न निकायले अध्ययन पनि गरेका छन् । पहिचान भएका समस्याको निरुपणका लागि सार्थक पहल हुन नसकेको गुनासो पनि उत्तिकै छ ।&n