काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुभएको नागरिकता विधेयकको सन्देश राष्ट्रिय सभामा टेबुल भएको छ । यसअघि सङ्घीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालयमा पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता गर्नुभएको थियो ।
राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा लेखेको सन्देश वाचन गर्नुभएको हो । राष्ट्रपतिले प्रमाणीकरणका लागि प्राप्त भएको १४ दिनपछि गएको साउन २९ गते प्रतिनिधि सभामा फिर्ता पठाउनुभ...