जनकपुरधाम : नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गरेको छ।नेकपा एमालेबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयरमा रूना झाले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरू दुवैले आज सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।रूना आजै नेपाली कांग्रेस छाडेर एमालेमा प्रवेश गरेकी हुन्। कांग्रेस धनुषाको निर्वाचन क्षेत्र ३ बाट प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश समिति सदस्य रहेकी झा उपमेयरको उम्मेदवारी पाएपछि आजै एमालेमा