ताइवानले आफ्नो रक्षा बजेटमा कीर्तिमानी वृद्धि गर्ने घोषणा गरेको छ । यस महिनाको सुरुमा चीनले ठूलो सैन्य अभ्यास गरेपछि दुई देशबीचको तनाव बढेको सन्दर्भमा ताइवानले अहिलेसम्मकै ठूलो रक्षा बजेट ल्याउने घोषणा गरेको हो ।
ताइवानले यो वर्ष रक्षा बजेट १३ प्रतिशतले बढाएर १३ दशमलव ७ बिलियन डलर पुर्याउने घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ । बजेटलाई संसदले अनुमोदन गर्न बाँकी छ । ताइवानले नयाँ लडाकु विमान, नौसेनाका लागि पनडुब्बी, अत्याधुनिक मिसाइल र वायु सेनाको क्षमता बढाउने कार्यक्रम ल्याएको छ ।
अमेरिकी सभा...