पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ। बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले दुई वटा वडामा नगर अस्पताल सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाले वडा नम्बर १३ र १६ मा रहेका स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी नगर अस्पताल सञ्चालन गर्ने भएको...
बागलुङ : गलकोट नगरपालिकाले गत पुसदेखि हरिचौरमा नगर अस्पताल सञ्चालनमा ल्यायो। बिरामी पर्दा बागलुङ, पोखरा र काठमाडौं अस्पतालमा पुग्ने सर्वसाधारणले अहिले यहीँ उपचार गराउन पाएका छन्। नगर अस्पताल सञ्चालन आउनु पूर्व पनि यहाँ थुप्रै स्वास्थ्य संस्था थिए तर, नागरिकको विश्वास नहुँदा गलकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा अन्य स्वास्थ्य संस्थामा बिरामी कम जान्थे। पछिल्लो केही महिनायता गलकोट बाहिर जानेको संख्या कम भएको छ। पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्
१० असोज, बुटवल । देवदह नगरपालिकाले १० शय्याको नगर अस्पताल सञ्चालनमा ल्याएको छ । साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर नगर अस्पताल सञ्चालन गरिएको हो । नगर अस्पतालको नयां भवन भने निर्माणाधीन छ । नगर अस्पतालको सोमबार नगर प्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरेका छन् । अस्पताल उद्घाटन गर्दै नगर प्रमुख खरेलले चुनावी प्रतिवद्धता अनुसार […]
प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सूर्यविनायक नगरपालिकाले जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको उक्त अस्पताल सञ्चालनमा ल्याएको हो।
पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो ।
बलेवाको पैयुँपाटास्थित स्वास्थ्यचौकीको स्तर वृद्धि गरी नगर अस्पताल सञ्चालन गरिएको हो । शुक्रवार नगरप्रमुख जनकराज पौडेलले सो अस्पतालको उद्घाटन गरे । तत्काल पुरानै संरचनामा अस्पताल सञ्चालन गरिएको छ । ‘एक वर्षभित्र सुविधासम्पन्न नयाँ भवन निर्माण गर्छौं, जनशक्ति समेत थप्ने योजना छ,’ पौडेलले भने । स्थानीयवासीको सहयोगमा अस्पताल निर्माणका लागि ९ रोपनी जग्गाको व्यवस्था गरिएको छ । नयाँ भवन बनाउन १८ करोड बजेट विनियोजन गरिएको छ ।
‘एक स्थानीय तह, एक अस्पताल’ नीतिअन्तर्गत पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको हो । अस्पतालमा तीन चिकित्सकसहित २७ जनाको जनशक्तिको व्यवस्था गरिने नगरपालिकाले बताएको छ । हाल यहाँ सिनियर अहेव, हेल्थ असिस्टेण्ट, अनमी, कार्यालय सहयोगसहित आठ कर्मचारी कार्यरत छन् । उक्त अस्पताल सञ्चालनमा आएसँगै बागलुङ नगरपालिकाका पैयुँपाटा, नारायणस्थान र अमलाचौरका झन्डै २७ हजार नागरिक लाभान्वित हुने पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए । ‘सरकारी सहयोगसँगै स्थानीयवासीबाट सहयोग संकलन समेत भइरहेको छ,’ उनले भने । रासस
पर्वत सदरमुकाम कुश्माबजारसँगै जोडिएको बलेवा क्षेत्रमा नगर अस्पताल सञ्चालनमा आएको छ ।
बागलुङ नगरपालिकाका ३ वटा वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्धेश्यले नगर अस्पताल संचालनमा ल्याइएको हो । वडा नम्बर १३ बलेवाको पैयुँपाटामा साविकको पैयुँपाटा स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी नगर अस्पताल बनाइएको छ ।
शुक्रवार आयोजित एक कार्यक्रमबीच नगर प्रमुख जनकराज पौडेलले नगर अस्पतालको उद्घाटन गरेका छन् ।
तत्कालका लागि पुराना संरचनामा अस्पताल सञ्चालन भए पनि अबको १ वर्षमा सुविधासम्पन्न अर्को भवन निर्माण र जनशक्ति थप गरि अ...
फलेवास नगरपालिकामा १० श्ययाको नगर अस्पताल सञ्चालन गरिएको छ । नेपाल सरकारको एक पालिका एक अस्पताल कार्यक्रमअन्तर्गत नगरपालिकाले १० श्ययाको अस्पताल सञ्चालनमा ल्याएको हो ।
वडा नं ६ देवीस्थानमा रहेको साविक स्वास्थ्यचौकीको भवनबाट अस्पतालको सेवा शुरु गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । गत मङ्सिर १५ गते देशभरका स्थानीय तहमा शिलान्यास भएका अस्पतालमध्ये फलेवासको उक्त आधारभूत अस्पतालले पहिलो पटक पुरानै भवनबाट सेवा सुचारु गरेको हो ।
अस्पतालमा एक डाक्टर, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी रहेका छन् । अस्पताल निर्माण तथा सञ्चालनका लागि नेपाल सरकारले रु १० करोड ६३ लाख सहयोग गरेको तथा आवश्यक सामग्री खरीद गर्न र कर्मचारी व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिनुभयो ।
चितवनको कालिका नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ ।
जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । वडा नं ६ खोलेसिमलमा नगरप्रमुख खुमनारायण श्रेष्ठले शुक्रवार नगर अस्पतालको उद्घाटन गरे । सो अवसरमा उहाँले अस्पतालको सेवा सञ्चालन भएसँगै उपचारका लागि भरतपुर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
नगरप्रमुख श्रेष्ठले १५ शय्याबाट शुरु भएको कालिका नगर अस्पताललाई छिट्टै २५ शय्याको बनाएर चिकित्सक र अन्य कर्मचारीको दरबन्दी बढाउने बताए । “ नगरवासीले गुणस्तरीय स्वास्थ्य स...
२ माघ, चितवन । चितवनको कालिका नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएको छ । अस्पतालको शुक्रबार नगर प्रमुख खुमनारायण श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । वडा नं. ६ खोले सिमलमा रहेको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख श्रेष्ठले अस्पतालको सेवा सुचारु भएसँगै साधारण […]