पर्वत सदरमुकाम कुश्माबजारसँगै जोडिएको बलेवा क्षेत्रमा नगर अस्पताल सञ्चालनमा आएको छ ।
बागलुङ नगरपालिकाका ३ वटा वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्धेश्यले नगर अस्पताल संचालनमा ल्याइएको हो । वडा नम्बर १३ बलेवाको पैयुँपाटामा साविकको पैयुँपाटा स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी नगर अस्पताल बनाइएको छ ।
शुक्रवार आयोजित एक कार्यक्रमबीच नगर प्रमुख जनकराज पौडेलले नगर अस्पतालको उद्घाटन गरेका छन् ।
तत्कालका लागि पुराना संरचनामा अस्पताल सञ्चालन भए पनि अबको १ वर्षमा सुविधासम्पन्न अर्को भवन निर्माण र जनशक्ति थप गरि अ...