धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रहरी र प्रहरी अनुसन्धानलाई अहिलेको युगअनुसार आधुनिकीकरण गर्नुपर्ने बताएका छन्। धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सोमबार आयोजित ६७औँ प्रहरी दिवसका अवसरमा उनले यस्तो बताएका हुन्। ‘प्रहरीलाई कसरी आधुनिक बनाउन सकिन्छ भन्ने विषय सबैको चासोको विषय हो’, उनले भने, ‘अपराध जति तीव्र गतिमा बढिरहेको छ, त्यसलाई नियन्त्रणका लागि प्रहरी एक कदम अगाडि रहनुपर्दछ।’ गणतन्त्र आइसकेपछि हिजो र आजका प्रहरीले