नेकपा एमाले माधव नेपाल पक्षको स्थायी समिति बैठक सकिएको छ । काठमाडौँको बुद्धनगरमा बसेको बैठक केहीबेर अघि सकिएको हो । बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको थियो ।बैठकमा फेरि बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिने बारे छलफल भएको थियो ।स्थायी समिति बैठक सकिनुअघि सो समूहको केन्द्रीय समिति बैठक बसेको थियो । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखे