नेकपा एमालेले स्थायी समिति बैठक बस्दैछ । आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।असोज १५ देखि १७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीस्वरुप स्थायी समिति बैठक बोलाएको एमालेले जनाएको छ । विधान महाधिवेशनमा पेस हुने तीनवटा प्रतिवेदनका बारेमा छलफल हुनेछ । ‘राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव विधान महाहधिवेशनमा पेस हुने कार्यसूची छ । ती प्रस्तावमाथि छलफलका लागि स्थायी समिति बैठक बोलाइएको हो