सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन अघि आफूहरूको माग पूरा नभए चुनाव बिथोल्ने चेतावनी दिएको छ । जबकि केही महिना अघिदेखि नै सो पार्टी चुनावको तयारीमा जुटेको हो ।किसान आन्दोलनलाई स्थानीय तह केन्द्रित गरेको जनमत पार्टीले फागुन १० र २० गते निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएर चुनावअघि आफूहरूको माग पूरा गर्न दबाब दिएको छ । जनमत पार्टीका झापास्थित नेता भीम राजवंशीले आफूहरूको माग पूरा नभए चुनावमा भाग नलिने निर्णय पार्टीले गरेको बताए । उनले भने, पार्टीको बैठकहरूमा पनि डाक्टर साहब (सीके राउत)