सहकारी ठगीमा संसदीय छानबिनमा अवरोध गर्न रास्वपाको नयाँ चाल, क्षेत्राधिकारमाथि फेरि प्रश्न

सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन तथा अनुसन्धानमा अवरोध गर्न रास्वपाले दोहोरो नीति लिएको छ । एकातिर प्रहरीमा उजुरी नै नपरेकाले अनुसन्धान गर्नु नपर्ने भन्दै महान्यायाधिवक्ताले सर्वोच्च अदालतमा दलिल पेस गरेका छन् ।