काठमाडौं। आज विश्वभर विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय चट्याङ्ग सुरक्षा दिवस मनाइँदैछ। नेपालमा वर्षेनी चट्याङ्गका कारण एकसय जनाभन्दा बढीको मृत्यु हुँदै आएको छ। २०६८देखि २०७८ असार३ गतेसम्मको१० वर्षको अवधिमा नेपालमा चट्याङ लागेर एकहजार२७ जनाको मृत्यु भएको छ। सो अवधिमा चट्याङका दुईहजार३४३ घटनामा दुईहजार७९४ जना घाइते भएका छन्। यो वर्षको वैशाख यता हालसम्म चट्याङ्गबाट२८ जनाको मृत्यु र १०५जना घाइते भएका छन्।