अमेरिकी बैंकिङ संकटः मन्दीको पुनरावृत्ति होला?

अमेरिकामा हालसालै सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक बन्द भएसँगै अरू दुईवटा बैंक बन्द भएपछि अमेरिकाका राष्ट्रपति र अर्थमन्त्रीले अमेरिकाको बैंकिङ प्रणाली बलियो भएकाले जनतालाई विश्वास गर्न आह्वान गर्नुपरेको थियो । यसपछि युरोपका केही बैंकको सेयरको मूल्य घट्न थालेपछि सन् १९२९ देखि १९३३ सम्मको महामन्दी र सन् २००८ को वित्तीय संकटको पुनरावृत्ति भएको भान हुन्छ […]

सम्बन्धित सामग्री

अमेरिकी बैंकिङ संकट र चीन

दुई संकटहरू उस्तै–उस्तै वा मिल्दाजुल्दा देखिन्छन् । पछिल्ला वित्तीय अस्थिरताहरू १९९० को दशकको अन्त्यको एसियाली वित्तीय संकट, सन् २००० को डटकम संकट र २००८/०९ को विश्वव्यापी वित्तीय संकट कटु यथार्थ हुन् । यसले भू–रणनीतिक धक्का ल्याउन सक्छ । जस्तै— युद्ध, महामारी, खाद्य संकट । आज हामी सम्भावित दुई खतरनाक तनाव संकटको स्रोत सम्बन्धमा बसेका कुराको […]

ब्याजदर नबढाउन फेडलाई अमेरिकी बैंकिङ क्षेत्रको आग्रह

तीन वटा क्षेत्रीय ऋणदाताको पतनलाई लिएर दुई हप्ताको बजार उथलपुथलपछि अमेरिकी बैंकहरूले  फेडरल रिजर्भको ब्याज दरको निर्णयमा विशेष ध्यान दिन आग्रह गरेका छन् । केन्द्रीय बैंकले उच्च मुद्रास्फितिसँग जुध्नका लागि ब्याजदर बढाउने क्रम जारी राख्ने वा वाणिज्य बैंकिङ क्षेत्रमा थप उथलपुथल हुनबाट रोक्न कडा कदम चालिरहेको जनाएको छ । फेडले अर्को दर वृद्धिको लागि तयारी […]

बैंकिङ संकटलाई टार्न विश्वव्यापी केन्द्रीय बैंकहरूबाट संयुक्त कार्यको घोषणा

विश्वका प्रमुख केन्द्रीय बैंकहरूले विश्वव्यापी बैंकिङ प्रणाली मार्फत अमेरिकी डलरको प्रवाह कायम राख्न संयुक्त रूपमा नयाँ कार्यको घोषणा गरेका छन् । विगतका संकटहरूमा व्यापक रूपमा प्रयोग गरिएको रणनीतिमा फर्कन अमेरिकी फेडरल रिजर्भ र अन्य धेरै प्रमुख केन्द्रीय बैंकहरूले एक समन्वित प्रयासको घोषणा गरेका छन् । डलर स्वैप लाइनहरू थप सजिलै उपलब्ध गराउने उद्देश्यले फेडरल रिजर्भ, […]

विमानमा यात्रीमाथि पिसाब गर्ने भारतीय पक्राउ

एयर इन्डियाको विमानमा सहयात्रीमाथि पिसाब गरेको आरोपमा अमेरिकी बैंकिङ कम्पनी वेल्स फार्गोका बर्खास्त कार्यकारीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका छन् । गत नोभेम्बर २६ मा न्युयोर्कबाट नयाँ दिल्ली जाने क्रममा रक्सीको नशामा डुबेका मिश्रले आफ्नो पाइन्ट खोलेर बिजनेस क्लासमा बसेकी ७२ वर्षीया महिलामाथि पिसाब गरेको आरोप लागेको थियो । गत नोभेम्बरमा भएको घटनाबारे …

अफगानिस्तानलाई थप ४० मिलियन अमेरिकी डलर सहयाेग प्राप्त

अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर प्राप्त गरेकाे छ। मंगलबार सहायता प्राप्त गरेको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी)ले जनाएको हाे। नगदमा मानवीय सहायता पठाएकोमा अन्तर्राष्ट्रिय समुदायको प्रशंसा गर्दै बैंकले विज्ञप्तिमा बैंकिङ प्रणालीमार्फत् थप नगद सहायता पठाउन आह्वान गरेको छ। यस्तै, विगतका दुई सातामा काबुलले ४० मिलियन डलरको नगद सहायता प्राप्त […]

एनएमबिलाई डीएफसीबाट १० करोड अमेरिकी डलरको ऋण स्वीकृत

एनएमबि बैंकले १० करोड अमेरिकी डलरको ऋणका लागि यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी)बाट स्वीकृति पाएको छ ।बैंक र डीएफसीबीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलतामार्फत आत्मनिर्भरताको लागि महिलाहरूलाई प्राथमिकतामा राखेर नयाँ अवसरहरू सिर्जना गर्ने बैंकले जनाएको छ । यस सम्झौताले हालको बैंकिङ तरलताको परिदृश्यमा यसरी देशमा भित्रिने बाह्य वित्तीय स्रोतले देशकै आवश्यकता अनुरूप […]

चीनको ओरालो अर्थतन्त्रको मारमा छद्म बैंकिङ उद्योग

काठमाडौँ – चीनको ओरालोलाग्दो सम्पत्ति बजारले त्यहाँका छद्म बैंकहरुलाई निकै पिरोलेको छ । घट्दो घरजग्गा कारोबारले चीनको ३ खर्ब अमेरिकी डलर बराबरको छद्म बैंकिङ उद्योग मर्कामा परेका छन् । चीनमा सञ्चालित यस्ता छद्म बैंकहरुले तुलनात्मक रुपमा धेरै प्रतिफल चाहने धनाढ्यहरुको पैसा व्यवस्थापन गर्दै आएका छन् । यद्यपि पछिल्लो समय यस्तो बैंकिङ क्षेत्र अनुसन्धानको घेरामा तानिएको […]

प्यासन इकोनोमी र डिजिटल बैंकिङ

प्यासन इकोनोमीको विस्तारका लागि लागि जसरी बैंकहरूको अहं भूमिका रहन्छ त्यसै गरी बैंकहरूको व्यवसाय विस्तारमा पनि यसले महत्त्वपूर्ण योगदान दिन सक्छ । यसरी बैंक तथा ‘प्यासन इकोनोमी’ बीच पारस्परिक हितमा कायम हुने अन्योन्याश्रित सम्बन्धका बारेमा थप चर्चा गर्नु सान्दर्भिक नै देखिन्छ । विश्व वित्तीय बजारमा जसरी यसको विस्तारका लागि पहलहरू तीव्र रूपमा अगाडि बढेका छन् त्यसको आधारमा नेपाली बैंकिङ क्षेत्रले पनि निकट भविष्यमा नै प्यासन इकोनोमीको लागि सहयोगीको भूमिकामा आफूलाई प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ । हुन त अहिले विश्वभरि नै बैंकहरू विशेष गरी साना तथा मझौला खाले व्यवसायप्रति आफ्ना लगानी तथा व्यवसाय विस्तारमा लागिपरेका पाइन्छन् र तिनको ध्यान तीव रूपमा विस्तार भइरहेको प्यासन इकोनोमीतर्फ कम मात्रामा मात्र आकर्षित भएको देखिन्छ तापनि आगामी दिनहरूमा भने बैंकिङ क्षेत्रले यो क्षेत्रलाई प्राथमिकतामा नराखी धर पाउने देखिँदैन । प्यासन इकोनोमीले ओगटेको विश्वबजार क्षेत्रको बारेमा अहिलेसम्म यकिन तथ्यांक उपलब्ध नभए पनि यसका लागि प्लेटफर्म स्वरूप सफ्टवेर विकास गर्ने लन्डनको एक कम्पनी ‘डिसिपल मिडिया’ ले गरेको एक अध्ययनअनुसार विश्वमा प्यासन इकोनोमीले अढाई वर्षअगाडि नै करीब ३८.६ अर्ब अमेरिकी डलर बराबरको अंश ओगटेको थियो । ‘अफ कम’, ‘डीलोइट’, ‘फोर्ब्स’जस्ता विश्व प्रसिद्ध स्रोतहरूबाट प्राप्त सूचना तथा जानकारीका आधारमा यस्तो तथ्यांक निकालिएकाले यसलाई आधिकारिक मान्न सकिन्छ । प्यासन इकोनोमीका अपरिहार्य आठ तत्त्वमध्ये ‘प्रविधि’लाई सर्वाधिक महत्त्वपूर्ण मानिन्छ र त्यसमा पनि वित्तीय प्रविधिलाई अग्र स्थानमा लिइन्छ । वित्तीय प्रविधिको केन्द्र विन्दुमा बैंकहरू रहने हुनाले प्यासन इकोनोमीको विस्तारमा तिनको अपरिहार्य भूमिका यसै स्पष्ट झल्किन्छ । ‘मनी डट कम’ ले गरेको एक अनुसन्धान अनुसार यूरोपमा रहेका २८ देशमध्ये बेलायत मात्र यस्तो देश हो, जहाँ १ लाख १५ हजारभन्दा बढी साना खालका यस्ता व्यवसाय ५ वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेका छन् । होइन भने जर्मनी, पोल्यान्ड, पोर्चुगलजस्ता देशहरूमा त यस्ता व्यवसाय एकाध वर्ष पनि टिक्न सक्दैनन् । फ्रान्स, स्वीडेनजस्ता देशहरूमा समेत ७० प्रतिशतका हाराहारीमा मात्र यस्ता प्यासन इकोनोमी लाई प्रतिनिधित्त्व गर्ने व्यवसायहरू ५ वर्ष टिकेका रहेछन् । यसो हुनुमा ती देशमा प्यासन इकोनोमी मैत्री सर्वसुलभ बैंकिङ सेवाको अभाव पनि प्रमुख कारण रहेको बताइन्छ । बेलायतको अर्थतन्त्रमा भने प्यासन इकोनोमीको भूमिका देखिने गरी बढ्न थालेको प्रतीत हुन्छ । ‘न्याट वेस्ट’ले विकास गरेको ‘मेटल’ नामक प्यासन इकोनोमीलाई सहजीकरण गर्ने मोबाइल एपसँग सम्बद्ध कम्पनीको तर्फबाट ‘यु गोभ’ नामक संस्थाले गरेको एक अध्ययनअनुसार यसरी आफ्नो सोखको आधारमा आफैले सञ्चालन गर्ने स्वव्यवसायको राष्ट्रिय अर्थतन्त्र माथि कुल योगदान करीब सवा खर्ब पाउन्डको हाराहारीमा रहेको छ र सन् २०३० सम्ममा बेलायतमा करीब ५० प्रतिशत मानिसहरू यस्तै प्यासन इकोनोमीसँग आबद्ध हुनेछन् । तर, त्यहाँ पनि यी व्यवसायीमध्ये करीब ३५ प्रतिशत व्यवसायीहरू परम्परागत बैंकिङ प्रणाली र सेवासँग त्यतिविधि सन्तुष्ट छैनन् । उनीहरू बैंकहरूले आफ्नो प्यासनअनुरूपको व्यवसाय विस्तार गर्न सकारात्मक योगदान नदिएको अनुभूति गर्छन् । यसले पनि बैंकहरूले आगामी दिनहरूमा प्यासन इकोनोमी लक्षित कार्यक्रम तथा सेवासुविधा विस्तार गर्नुपर्ने बाध्यात्मक परिस्थितितर्फ इंगित गर्छ । शायद यस्तै परिदृश्य देखेर हुन सक्छ ‘न्याट वेस्ट’ ले ‘मेल्ट’ विकास गरेजस्तै ‘एचएसवीसी’ ले पनि प्यासन इकोनोमीलाई सहजीकारण गर्ने किसिमको मोबाइल एप ‘काइनेटिक’को विकास गरेको छ र यो क्रम बेलायतमा बढ्दो रहेको छ । यस्तै गरी ‘स्टर्लिङ’ बैंकले पनि प्यासन इकोनोमीलाई बढावा दिने उद्देश्यले ३ वर्ष अगाडि नै सञ्चालनमा ल्याएको एपमा २ वर्ष अगाडिसम्म २ लाखजति मात्र आबद्ध भएकोमा गतवर्ष उक्त संख्यामा दोबर वृद्धि भई ४ लाखभन्दा बढीले यसको उपयोग गर्न थालिसकेका छन् । र, यी सबै व्यक्तिको बैंकिङ चाहना परम्परागत बैंकिङभन्दा भिन्न प्रकारको रहेकाले पनि आगामी दिनहरूमा बैंकिङ क्षेत्र प्यासन इकोनोमीको प्रवर्द्धनमा झन् बढी अग्रसर हुने अपेक्षा गर्न सकिन्छ । वास्तवमा प्यासन इकोनोमीसँग आबद्ध व्यक्तिहरूका लागि बैंकिङ प्रणाली अन्य साना तथा मझौला व्यवसायीहरूको लागि भन्दा झन् बढी जरुरी पर्छ । उनीहरूको लेखा, हिसाब कितावदेखि लिएर रकमको छरितो तथा शीघ्र प्राप्ति समेतको दृष्टिले परम्परागत बैंकिङभन्दा चुस्त प्रकारको सेवा उनीहरूले खोजेका हुन्छन् । आफ्नो शोखअनुसारको आफूमा रहेको विशिष्ट प्रकारको वस्तु तथा सेवा विक्री गर्ने प्रकृतिका हुने हुनाले उनीहरू परम्परागत बैंकिङमा हुने प्रक्रियालाई झन्झटका रूपमा लिएर त्यसबाट आफूलाई मुक्त राख्ने प्रवृतिका हुन्छन् । त्यसैले उनीहरूले प्यासन इकोनोमी लक्षित विशिष्ट प्रकारका बैंकिङ सेवाहरूको अपेक्षा गर्नुलाई स्वाभाविक नै देखिन्छ्र किनभने यस्ता व्यक्तिहरूको पहिलो शर्त भनेकै उनीहरूका सेवा तथा वस्तुहरू सबै प्रकारका व्यक्तिहरूका लागि सहजै प्राप्य र पहुँचमा हुनुपर्छ । यदि बैंकिङ क्षेत्रले यो आवश्यकतालाई ध्यान नदिने हो भने प्यासन इकोनोमीले फस्टाउने अवसर प्राप्त गर्न कठिन हुन्छ । त्यसको लागि बैंकिङ क्षेत्रले माथि उल्लिखित केही बैंकहरूले विकास गरेका जस्तै डिजिटल प्लेटफर्महरू उपलब्ध गराउनु अपरिहार्य छ । नेपालमा पनि केही बैंकहरूले डिजिटल बैंकिङ सेवा शुरू गरेर प्यासन इकोनोमीलाई अप्रत्यक्ष रूपमा सहजीकरण गर्न शुरू गरेका छन् । कोभिडजस्तो महामारीले प्यासन इकोनोमीको विकासमा आगामी दिनहरूमा कस्तो भूमिका खेल्ने हो त्यो अहिले नै यकीन गरेर भन्न नसकिए तापनि विश्व वित्तीय बजारमा जसरी यसको विस्तारका लागि पहलहरू तीव्र मात्रामा अगाडि बढेका छन् त्यसको आधारमा नेपाली बैंकिङ क्षेत्रले पनि निकट भविष्यमा नै प्यासन इकोनोमीको लागि सहयोगीको भूमिकामा आफूलाई प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ । प्यासन इकोनोमीको मुख्य बाधकका रूपमा आत्मविश्वासको कमी, असफलताको भय तथा सुलभ वित्तीय सेवाको अभावजस्ता मुख्य कारणहरू देखिन्छन् र तिनलाई निराकरण गर्न पनि बैंकहरू र त्यसमा पनि डिजिटल बैंकिङकै महत्त्वपूर्ण भूमिका रहने कुरामा द्विविधा छैन । अहिले नै पनि ‘युट्युब’ ‘टिकटक’ लगायत कतिपय सामाजिक सञ्जालमार्फत आम्दानी गरिरहेका धेरै नेपालीहरूले प्यासन इकोनोमीलाई अप्रत्यक्ष रूपमा प्रोत्साहन गरिरहेका छन् र तिनको आम्दानीलाई बैंकिङ क्षेत्रले सहजताका साथ ग्रहण पनि गरिरहेको पाइन्छ । एक अध्ययनअनुसार अहिलेको प्रवृत्ति हेर्ने हो भने जेनेरेसन जेड (सन् १९९७ देखि २०१२ सम्म जन्मिएका) मा रहेकामध्ये करीब ५८ प्रतिशत व्यक्तिहरू आफ्नै प्रकारको शोखमा आधारित व्यवसायमा रम्न चाहन्छन् । प्यासन इकोनोमीको कार्यक्षमता मापन गर्ने विशेष गरी ५ प्रकारका सूचकलाई आधार मानिन्छ । सफलता, आम्दानी, व्यस्तता, व्यवसाय वृद्धि र सामाजिक/सामुदायिक संलग्नताजस्ता यी सूचकहरूको यथोचित विकासका लागि बैंकिङ क्षेत्रको अहं भूमिका रहने कुरामा थप व्याख्या विश्लेषण आवश्यक छैन । लेखक बैंकर हुन् ।

गैरआवासीय नेपाली र विदेशीले एक वर्षमै मुद्दती रकम फिर्ता लैजान सक्ने

एनआरएन वा अन्य विदेशीले विदेशबाट बैंकिङ प्रणालीमार्फत नै बचत खाता खोल्न सक्नेछन् भने पैसा लैजाँदा पनि बैंकिङ प्रणालीबाटै लैजानुपर्नेछ  पाँच हजार अमेरिकी डलरबराबर रकम भए बचत खाता खोल्न सकिने व्यवस्था गैरआवासीय नेपाली...

बैंकिङ प्रविधिमा फड्को

कोभिड महामारीको मात्र कारणले होइन, विकसित प्रविधि तथा सुपरिवेक्षकीय तथा नियामकीय प्रभावकारितासमेतका कारण बैंकिङ क्षेत्रको कार्यप्रणालीसँगै वित्तीय अपराधमा समेत क्रमशः दिनानुदिन नवप्रवृत्तिहरू विकसित हुँदै आएको परिप्रेक्ष्यमा तिनैमध्येका केही प्रमुख उदीयमान भावी प्रवृत्तिका बारेमा यो लेखमा संक्षेपमा चर्चा गर्न खोजिएको छ । प्राथमिकतामा क्षमता अभिवृद्धि अमेरिकी सरकारले करीब ६ महीना अगाडि सम्पत्ति शुद्धीकरणसम्बन्धी नयाँ कानून ‘एएमएलए’ लागू गरेर बैंक तथा वित्तीय संस्थाहरूलाई नियामक निकायहरूको सुपरिवेक्षकीय क्षमतामा अभिवृद्धिको अपेक्षा गरेको छ । अर्कोतिर बैंक तथा वित्तीय संस्थाहरू स्वयंलाई पनि वित्तीय अपराधीहरूले अवलम्बन गर्न सक्ने अपराध–उपायसमेतका आधारमा आफूलाई सक्षम बनाउन आवश्यक पर्ने प्रविधि आफैले पहिचान गरी लागू गर्ने कर्तव्य पनि तोकेको छ । नेपालजस्ता गरीब देशहरूमा कोभिडका लागि राहतदेखि लिएर स्वास्थ्य उपकरणसमेतको सहयोगको बहानामा वित्तीय अपराधीहरूले अन्य अवैध आर्जन चोख्याउनको लागि यही महामारीकै सहारा लिइरहेको सार्वजनिक भएको छ । अर्को शब्दमा भन्नु पर्दा अमेरिकाको ‘यूएसएप्याट्रिएट एक्ट’अन्तर्गत अमेरिकी बैंकहरूमा खाता सञ्चालन गरिरहेका विश्वभरिका बैंकहरूका लागि गरिएका प्रबन्धहरूलाई यो नयाँ ऐनले थप बलियो बनाएको छ । हालैका दिनमा बैंकिङ तथा वित्तीय अपराधका क्षेत्रमा विकास भएको नवप्रवृत्तिको कुरा गर्दा अमेरिकाले प्रबन्ध गरेको वित्तीय अपराधसम्बन्धी यो नवीन कानूनी व्यवस्थालाई उल्लेख नगरी त्यसले पूर्णता पाउन सक्दैन । नेपालको सन्दर्भ उल्लेख गर्दा पनि वित्तीय जानकारी एकाइले विभिन्न प्रकारका व्यक्ति तथा निकायमार्पmत हुन सक्ने वित्तीय अपराधका परिदृश्यहरूलाई समेटेर बैंक तथा वित्तीय संस्थालगायत सूचक संस्थाहरूका लागि मद्दत पुग्ने किसिमले शंकास्पद गतिविधि तथा कारोबार पहिचान गर्नेसम्बन्धी दिग्दर्शन सार्वजनिक गरेको छ । यसले पनि आगामी दिनमा वित्तीय अपराध पहिचान गरी समयमा नै कानूनी उपचारको प्रक्रिया प्रारम्भ गर्न सक्ने गरी प्रभावकारी प्रणालीको अपेक्षालाई नै उजागर गरेको छ । कोभिड–जनित अपराध प्रवृत्ति अहिले कोभिडले आक्रान्त विश्वले यससँग जुध्नका लागि विश्वव्यापी रूपमा असंख्य मात्रामा वित्तीय स्रोत तथा साधनको परिचालन गरिएको छ र त्यसले अपराधीहरूलाई समेत वित्तीय अपराधका लागि थप मौका प्रदान गरेको छ । नेपालजस्ता गरीब देशहरूमा कोभिडका लागि राहतदेखि लिएर स्वास्थ्य उपकरणसमेतको सहयोगको बहानामा वित्तीय अपराधीहरूले अन्य अवैध आर्जन चोख्याउनको लागि यही महामारीकै सहारा लिइरहेको कुरा ‘एफएटीएफ’ तथा अन्य विभिन्न अन्तरराष्ट्रिय निकायहरूले सार्वजनिक गरेका छन् । त्यसै गरी कोभिडको भ्याक्सिन तथा औषधि प्राप्त गर्न सहयोग गर्नेजस्ता भूmटो आश्वासन दिएर सोझासाझा व्यक्तिहरूको बैंक खाता नम्बर माग्ने र उनीहरूलाई ‘ठगी’ गर्ने प्रवृत्तिले पनि पखेटा फिजाइरहेको छ । लागू औषधसँग जोडिएको वित्तीय अपराध लागू औषधीसम्बन्धी कारोबारले वित्तीय अपराधको उल्लेख्य अंश समेट्ने हुनाले बढ्दो क्रममा रहेको यो प्रवृत्तिले पनि विश्वलाई थप चिन्तित बनाएको छ । लागू औषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालय (यूएनओडीसी) ले गतवर्षको जुन महीनामा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार गतवर्ष मात्र विश्वभर करीब ३० करोड व्यक्तिहरूले लागू पदार्थ सेवन गरेका थिए र त्यो संख्या अघिल्लो दशकको तुलनामा ३० प्रतिशतले बढेको जनाइएको छ । महामारीको कठिन समयबाट मानसिक तथा भावनात्मक रूपमा त्राण पाउने बहानामा यस्तो लागू पदार्थको सेवनले प्रश्रय पाएको उक्त संस्थाको निष्कर्ष रहेको छ । ठीक यस्तै अमेरिकी एक सरकारी निकायले निकालेको प्रतिवेदनअनुसार अमेरिकामा मात्र गतवर्ष लागू पदार्थको अधिक मात्रा सेवनले ८१ हजार व्यक्तिहरूको मृत्यु भएको थियो । यो तथ्यले मेक्सिको तथा कोलम्बियाजस्ता देशहरूमार्फत लागू पदार्थ सम्बन्धमा हुने कारोबार अमेरिकाका लागि समेत वित्तीय अपराध नियन्त्रण गर्ने दिशामा थप चुनौतीपूर्ण बन्दै गएको देखाएको छ । प्रच्छन्न मुद्रा (क्रिप्टो करेन्सी) तथा डिजिटल कारोबारजन्य अपराध प्रच्छन्न मुद्रासम्बन्धी ठगीले समेत अहिले वित्तीय अपराधको क्षेत्रमा उल्लेख्य अंश ओगट्न थालेको छ र अझ यो प्रवृत्ति दिनदिने बढिरहेको छ । प्रच्छन्न मुद्राबाट हुने ‘अस्वाभाविक’ नाफालाई देखाएर वित्तीय अपराधीहरूले पोन्जी स्किम सञ्चालन गरेर विश्वका धेरै व्यक्तिहरूलाई ठगी गरिसकेका कुरा हालै चीनमा सार्वजनिक भएको ‘प्लसटोकन’ काण्डले उजागर गरिसकेको छ । गत हप्ता मात्र ह्याकरहरूको एउटा समूहले विभिन्न व्यक्तिहरूले सुरक्षित तरीकाले भण्डारण गरेर राखेको ६० करोड अमेरिकी डलर बराबरको प्रच्छन्न मुद्रा ह्याक गरेर चोरेको तथ्य पनि सार्वजनिक भएको छ । यसबाट पनि प्रच्छन्न मुद्रालाई ठगीको माध्यम बनाउने प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएको स्पष्टै देखिन्छ । ठीक त्यसै गरी कोभिडपछि डिजिटल भुक्तानीको प्रवृत्ति पनि तीव्रतर रूपमा विस्तार भइरहेको छ । कतिपय देशमा त अघिल्लो वर्षको तुलनामा तीन गुनासम्म बढी मात्रामा यस्ता विद्युतीय भुक्तानीको दर बढेको बताइन्छ । नेपालकै सन्दर्भमा कुरा गर्दा पनि अहिले पानपसलदेखि लिएर खुद्रा तरकारी पसल समेतले ‘क्यूआर कोड’ जस्ता भुक्तानीका विद्युतीय माध्यमलाई सहजै आत्मसात् गरिसकेको छ । त्यसका अलावा अन्य विभिन्न विद्युतीय भुक्तानीका माध्यमहरू पनि अहिले नेपालमा आमरूपमा प्रचलनमा आइसकेका छन् । विद्युतीय भुक्तानी पद्धतिमा भएको विकासले नेपालमा मात्र नभई विश्वभर नै वित्तीय अपराध कर्मलाई थप प्रोत्साहन गरेको छ । फलस्वरूप धेरै मानिस सोसिअल इञ्जिनीरिङ, फिसिङजस्ता विद्युतीय सन्देशहरूमार्फत हुने वित्तीय अपराधको ‘शिकार’ हुने क्रम पनि बढ्दो दरमा रहेको छ । नेपालमा समेत हालैका दिनमा विदेशी नम्बरबाट फोन गरी चिट्ठा परेको झूटो सन्देश प्रवाह गरेर बैंक खाता नम्बर माग्ने तथा ईसेवा, खल्तीजस्ता भुक्तानीका माध्यममार्पmत रकम माग गर्न थालिएको समाचार सार्वजनिक हुन थालेका छन् । यसबाट भुक्तानीका लागि विद्युतीय माध्यमको प्रयोग र सोही कारण ठगी पनि बढ्दै जाने प्रवृत्तिप्रति पनि सम्बद्ध सबै पक्ष सचेत हुनैपर्ने देखिन्छ । घरैबाट काम महामारीले गर्दा बाध्यात्मक रूपमा फस्टाएको अर्को प्रवृत्ति भनेको घरैबाट काम गर्ने प्रवृत्ति पनि हो । नेपालमै समेत गतवर्ष बन्दाबन्दीको बेलाबाट शुरू भएको ‘घरैबाट काम’ गर्ने प्रथालाई अझै पनि कतिपय संस्थाले निरन्तरता दिइरहेका छन् । भविष्यमा कोभिडको नियन्त्रणमा प्राप्त हुन सक्ने सफलताप्रति अन्योल नै रहेको कारणले मात्र होइन, संस्था तथा कर्मचारी दुवैको दृष्टिमा अतिरिक्त उत्पादनशीलसमेत देखिएको सन्दर्भमा आगामी दिनहरूमा समेत यसले कुनै न कुनै रूपमा निरन्तरता पाउने नै देखिन्छ । यसबाट वित्तीय अपराधीहरूले थप मौका छोप्न पाउने र त्यसले बैंकिङ क्षेत्रका लागि भने थप जोखिमयुक्त बनाउने देखिन्छ । घरैबाट काम गर्ने बैंकिङ क्षेत्रका कर्मचारीहरूको विद्युतीय उपकरणहरू कार्यालयमा जस्तो सुरक्षित नहुने भएकाले तिनमाथि पहुँच पाउन अपराधीहरूलाई धेरै सहज हुने देखिन्छ । असुरक्षित इन्टरनेट तथा अपर्याप्त फाइरवाल जस्ता प्राविधिक कमजोरीको समेतको अनुचित फाइदा उठाएर ह्याकरहरूले बैंकिङ प्रणालीप्रति नै आक्रमण गर्न सक्ने जोखिम आगामी दिनमा झन् बढ्दै जाने देखिन्छ । घरैबाट काम गरेको कारणले मात्र भएको वित्तीय अपराध तथा ठगीका बारेमा ठोस अध्ययन भएको नदेखिए पनि त्यसले ठगीको प्रवृत्तिलाई भने अझ सशक्त रूपमा निरन्तरता दिने अनुमान गर्न सकिन्छ । कुशल मानव–संसाधनको अपरिहार्यता परम्परागत बैंकिङ प्रक्रिया तथा पद्धतिप्रति दक्षता प्राप्त गरेर मात्र आधुनिक बैंकिङ जनशक्तिका लागि अब पर्याप्त नहुन सक्छ । प्रविधिमा आएको विकास मात्र होइन, नियन्त्रण तथा नियमनको क्षेत्रमा आएको परिवर्तन, प्रभावकारिता तथा प्रविधिसमेतका कारण अपराधीहरूको पनि सोहीअनुरूप सशक्त हुँदै गएका छन् । यसरी विकसित हुँदै गएको यो प्रवृत्तिले अपराधीहरूका लागि जति चुनौती थपेको छ त्योभन्दा बढी चुनौती बैंकिङ जनशक्तिका लागि खडा गरेको छ । अन्तरराष्ट्रिय व्यापार तथा सीमा वारपार हुने कारोबारहरूमा विकसित हुँदै गएको जटिलताले साँच्चै नै बैंकिङ क्षेत्रलाई त्यो जटिलतासँगै हातेमालो गरी नियमन तथा नियन्त्रण कार्यक्रमहरूलाई प्रभावकारी बनाउनु दुरुहजस्तै भएको छ । आगामी दिनहरूमा यस्तो दुरुह उपायहरूको अवलम्बन व्यापक मात्रामा हुने भएकाले पनि त्यसले बैंकिङ क्षेत्रमा विद्यमान जनशक्तिको ‘अतिरिक्त दक्षता’ को अपरिहार्यतातर्फ इंगित गरेको छ । वित्तीय अपराधका लागि प्राकृतिक स्रोतसाधन, अन्तरराष्ट्रिय कारोबार, परामर्श तथा सेवा व्यवसाय, कृषि, पशुपालनदेखि लिएर यावत् परम्परागत प्रविधि तथा पद्धतिहरू समेत दुरुपयोग हुन थालेको सन्दर्भमा आगामी दिनहरूमा ती सबैको उचित पहिचान, अनुगमन एवं नियन्त्रण गर्नु कम चुनौतीपूर्ण पक्कै हुने छैन । सशक्त नियमन प्रणाली अमेरिकाको वित्तीय अपराध हेर्ने निकाय ‘फिनसेन’ले करीब १ महीनाअघि मात्र पहिलोपल्ट आफ्नो सम्पत्ति शुद्धीकरण नियन्त्रण कार्यक्रमअन्तर्गत भ्रष्टाचार, घूस, ठगी, साइबर अपराध, आतंकवादजस्ता अपराधहरू नियन्त्रण गर्ने गरी प्राथमिकताका सूची सार्वजनिक गरेर नियमन प्रणालीलाई उल्लेख्य रूपमा परिमार्जन गरी थप सशक्त बनाउने सन्देश दिइसकेको छ । अमेरिकी फिनसेन मात्र होइन, यूरोपेली सन्दर्भमा समेत गत महीना मात्र यूरोपेली आयोगले सम्पत्ति शुद्धीकरण तथा आतंकवादमाथि हुने वित्तीय लगानी सम्बन्धमा नयाँ कार्यक्रमहरू सार्वजनिक गर्दै अधिकार सम्पन्न ‘एएमएल सीएफटी प्राधिकरण’ स्थापना गर्ने घोषणा गरेको छ । अहिलेसम्म यूरोपेली बैंकिङ अथोरिटीले हेरिरहेको विषयलाई अब छुट्टै प्राधिकारयुक्त शक्तिशाली निकायमार्फत हेर्ने जुन कार्यक्रम घोषणा भएको छ, त्यसले आगामी दिनहरूमा विश्वस्तरमा नै वित्तीय अपराध नियन्त्रणसम्बन्धी कार्यक्रमहरू कति प्राथमिकताका साथ सञ्चालन हुने रहेछन् भनेर अनुमान लगाउन सकिन्छ । किनभने अमेरिकाको फिन्सेन तथा यूरोपेली संघले लागू गर्ने हरेक वित्तीय अपराध नियन्त्रणसम्बन्धी कार्यक्रमहरूको प्रभाव विश्वव्यापी हुने कुरामा कुनै सन्देह छैन । लेखक बैंकर हुन् ।