लमजुङ – पञ्चायतदेखि गणतन्त्रसम्मका विभिन्न चुनावमा मतदान गरेको अनुभव छ, लमजुङ भोटेओडारकी शिवदेवी पण्डितसँग । यसपालि पनि चुनाव आएको उहाँलाई थाहा छ । तर चुनावको सरगर्मीले भने उहाँलाई छोएको छैन ।
चुनावका बेला भोट माग्न आउँदा दल, उम्मेदवार, नेता तथा कार्यकर्ताले अनेकन सपना देखाउने, आश्वासन दिने तर चुनाव जितेपछि जित्ने, हार्ने दुवैले नागरिकलाई भुल्ने गरेको उहाँ गुनासो गर्नुहुन्छ । आलु लगाउनका लागि खेत खन्न व्यस्त रहनुभएकी ७३ वर्षीया पण्डितले भन्नुभयो,–‘पञ्चायतदेखि अहिलेसम्मका चुनावमा भोट हा...