जनता समाजवादी पार्टी नेपालले एमसीसी बारेमा फागुन ८ पछि मात्र आफ्नो धारणा बनाउने भएको छ । जसपा नेपालबाट एमसीसीको बारेमा नेतापिच्छे फरक फरक धारणा आइरहे पनि पार्टीको आधिकारिक धारणा के हो भन्ने हालसम्म तय भएको छैन । फागुन ८ गते बस्ने पाँच दलीय सत्ता गठबन्धनको बैठकमा एमसीसीको बारेमा एउटा धारणा बन्ने अपेक्षा गरिएको छ । र, त्यसपछि संसद्को बैठक समेत बस्नेछ ।गठबन्धन र संसद्मा एमसीसीको अवस्था हेरेर मात्र जसपा नेपालले ठोस निर्णय लिने जसपाका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रमोद साहले रात