स्पेनको तटरक्षक टोलीले करिब ६०० आप्रवासीहरूलाई उद्धार गरेको छ । उद्धार गरिएकाहरू मध्ये ३५ जना बच्चा र एक शिशु छन्।
१५ वटा जहाजमा आप्रवासीहरूलाई राखी उद्धार गरिएको तटरक्षक टोलीले बताएको छ। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक तथ्यांक अनुसार स्पेनमा अहिलेसम्म ९ हजारभन्दा बढी संख्यामा आप्रवासी छन्। उक्त संख्या गत वर्षको तुलनामा ३ गुणाले बढी हो।