काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई निकै बलियाे बनाउन आवश्यक रहेको बताउनुभएको छ । आज बुधवार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षा, प्रतिरक्षालगायतका नीतिलाई सरकारले कार्यान्वयनमा लगेको दाबीसमेत गर्नुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘महत्त्वपूर्ण र संवेदनशील भएको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले आफ्नो जिम्मेवारी अत्यन्त निष्ठा र नियन्त्रणका साथ सम्पादन गरेको पाउँदा मलाई प्र...