प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले सुरक्षा सुशासन र विकासको पूर्वशर्त रहेको बताउनुभएको छ । शुक्रबार उहाँकै अध्यक्षतामा बसेको रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सो कुरा बताउनुभएको हो । रक्षा मन्त्रालयमा भएको सो बैठकमा रक्षा मन्त्रालय, नेपाली सेना, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, प्रतिरक्षा विश्वविद्यालय …