प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक भएको छ ।
रक्षा मन्त्रालयमा आज भएको सो बैठकमा रक्षा मन्त्रालय, नेपाली सेना, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति लगायतका निकायबाट दोस्रो त्रैमासिक अवधिमा हासिल भएका प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो ।
समीक्षाको दोस्रो त्रैमासिक अवधिमा रक्षा मन्त्रालय र अन्तर्गतका निकायबाट चालु खर्चतर्फ वित्तीय प्रगत...