लुम्बिनीमा पर्यटकको बसाइँ लम्ब्याउने कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड

बेलहिया– लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकको बसाइँ अवधि लम्ब्याउने कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ । लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ को अवसरमा भैरहवामा आज आयोजित लुम्बिनीको पर्यटन प्रबर्द्धन विषयक अन्तरक्रिया कार्यक्रमका पर्यटकको बसाइँ अवधि लम्ब्याउने कार्यक्रम बनाएर सञ्चालन गर्न सकिए लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताइएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको […]

सम्बन्धित सामग्री

पूँजी बजारसम्बन्धी सचेतना फैलाउन उवामहासंघको साथ

काठमाडौं। वित्तीय साक्षरतालाई प्राथमिकताका साथ अघि बढाएको नेपाल धितोपत्र बोर्डले देशव्यापी रूपमा पूँजी बजारसम्बन्धी सचेतना फैलाउन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को समेत सहयोग पाउने भएको छ । असोज १५ गतेदेखि विश्व लगानीकर्ता सप्ताह, २०२३ मनाइरहेको बोर्डले उक्त अवसरमा बिहीवार महासंघसँग सम्झौता गरेको छ । बिहीवार महासंघको केन्द्रीय कार्यालय टेकु, काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्ड र महासंघबीच देशभर पूँजी बजारसम्बन्धी शिक्षा तथा सचेतना कार्यक्रम गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बोर्डका तर्फबाट अध्यक्ष रमेशकुमार हमाल र महासंघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि बोर्डका अध्यक्ष हमालले महासंघको सहकार्यमा देशका ७७ ओटै जिल्लामा पूँजी बजारसम्बन्धी वित्तीय शिक्षा कार्यक्रम आयोजना गरिने बताए । अध्यक्ष हमालले प्रभावकारी सिकाइ हुने गरी कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गरे । उनले यसै आर्थिक वर्षभित्र ३० जिल्लामा कार्यक्रम गर्नका लागि सहकार्य गर्न महासंघका अध्यक्ष ढकाललाई आग्रहसमेत गरे । महासंघसँगको सहकार्यमा हुने आगामी कार्यक्रमहरू पुराना कार्यक्रम जस्तो नहुने अध्यक्ष हमालको भनाइ थियो । आगामी कार्यक्रम साँच्चिकै व्यावहारिक सिकाइमा परिणत हुनेमा हमालको विश्वास छ । हाल २० प्रतिशतभन्दा कममा रहेको पूँजी बजारसम्बन्धी वित्तीय शिक्षालाई बढाएर तथ्यांकमा देखाउन सकिने अवस्था आगामी दिनमा आउने अपेक्षा हमालले गरेका छन् । चाँडै नै आम लगानीकर्ताको मनोबल बढ्ने किसिमको खबर आउने जानकारीसमेत हमालले गराए । अहिले शेयर धितोकर्जाको सीमाका कारण पूँजी बजारका लगानीकर्ता मारमा परेको गुनासो आइरहेका बेला यस विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल भएकाले केही दिनमा सकारात्मक समाचार आउने हमालले जानकारी दिए । संस्थागत लगानीकर्ताको हकमा शेयर धितोकर्जाको सीमा राख्न नहुने र व्यक्तिगत लगानीकर्ताको हकमा सीमा बढाउनुपर्ने धारणा हमालको थियो ।  ६० लाख नेपालीको लगानी रहेको नेपालको पूँजी बजारलाई उत्पादनमूलक क्षेत्रका रूपमा स्थापित गर्न आगामी दिनमा महासंघले बोर्डसँग सहकार्य गर्न लागेको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । देशका एक तिहाइ जनताको लगानी रहेको पूँजी बजारप्रति सकारात्मक सन्देश प्रसारण हुनुपर्नेमा अध्यक्ष ढकालले जोड दिए । अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि लगानीकर्ता कर्जा लिन डराइरहनु बजारप्रतिको नकारात्मक टिप्पणी नै रहेको अध्यक्ष ढकालको दाबी थियो । आम लगानीकर्तालाई सचेत गराई देशभित्रै लगानीको वातावरण तयार गर्ने कर्तव्य सरकार, नियामक निकाय र अन्य सबै क्षेत्रको रहेको अध्यक्ष ढकालको भनाइ थियो । बोर्डका अध्यक्ष हमालकोे चालू आर्थिक वर्षभित्र ३० जिल्लामा पूँजी बजार सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्तावलाई अध्यक्ष ढकालले स्वीकार गरेका छन् । पूँजी बजारमा रियल सेक्टरका कम्पनीहरू भित्रिने वातावरण बन्नुपर्ने बताउँदै महासंघका अध्यक्ष ढकालले ७७ ओटा जिल्लाका व्यवसायीको संयुक्त लगानीमा एउटा पब्लिक कम्पनी दर्ता गर्न लागेको जानकारी दिए । उक्त कम्पनीले छरिएर रहेको सानोसानो पूँजीलाई संकलन गरी ठूला आयोजनाहरू सञ्चालन गर्ने ढकालको भनाइ थियो । कार्यक्रममा महासंघका उपाध्यक्ष एवम् बोर्डका सञ्चालक समितिका सदस्य सुरकृष्ण वैद्यले पूँजी बजार उत्पादनमूलक क्षेत्र भएको दाबी गरे । पछिल्लो समय पूँजी बजारलाई अनुत्पादक क्षेत्र भनेर टिप्पणी गर्नेहरूलाई आफ्नो टिप्पणी फिर्ता लिनसमेत उनले आग्रह गरे । यो बजार यस्तो क्षेत्र हो जहाँ अर्बौंको लगानी ३ दिनमा नगदमा परिणत गर्न सकिन्छ । कुनै व्यवसायीले ५ अर्ब लगानी गरेर सञ्चालन गरेको होटेल ३ दिनमा नगदमा परिणत गर्न सक्छ ? भन्ने प्रश्न गर्दै उनले पूँजी बजार अर्थतन्त्रलाई चलायमान बनाइराख्न सक्ने उत्पादनमूलक क्षेत्र भएको दाबी गरे ।

रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड : डा भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जीवनउपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने धारणाा व्यक्त गर्नुभएको छ । साउथ वेस्टर्न स्टेट कलेजद्वारा बिहीबार काठमाडौँमा आयोजित विज्ञान प्रदशर्नी कार्यक्रम उद्घाटन गर्दै उहाँले रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । उच्च शिक्षा अध्ययनका क्रममा बर्सेनि हजारौँ विद्यार्थी विदेशिने गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘गुणस्तरीय …

रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालन हुनुपर्छः  डा. भट्टराई

काठमाडौँ - पूर्वप्रधानमन्त्री डा  बाबुराम भट्टराईले जीवनउपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने धारणाा व्यक्त गरेका छन् । साउथ वेस्टर्न स्टेट कलेजद्वारा आज आयोजित विज्ञान प्रदशर्नी कार्यक्रम उद्घाटन गर्दै उनले रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए ।  उच्च शिक्षा अध्ययनका...

क्यान्सर रोग रोकथाममा सबै पक्षको भूमिका महत्त्वपूर्ण : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा क्यान्सर रोगको रोकथाम र उपचारमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन्। नेपाल अर्बुद रोग निवारण संघको भक्तपुरको बोडेमा शुक्रवार आयोजित ३२औँ केन्द्रीय सभामा बोल्दै उपराष्ट्रपति पुनले भयावह रोग क्यान्सर बिरामीलाई स्वदेशमै उपचार गराउन अत्याधुनिक मेसिनसहितको विशेषज्ञ सेवाको विस्तार हुनुपर्नेमा जोड दिए। संविधानले प्रत्येक नेपाली नागरिकलाई नि:शुल्क र समान पहुँचको […]