पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै मंगलबार बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर आज बिहान दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको हो। मृतकको ठेगाना भने खुलेको छैन। मृतक चालक हुन् […]
सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई स्थानीयले पक्राउ गरेका छन् । स्थानीयले सोही गाउँपालिकाको वडा नम्बर– १, सुकाचुरीबाट ४ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका छन् । स्थानीयबाट खबर पाएलगत्तै प्रहरी टोली त्यसतर्फ जाँदै गरेको छ । मंगलबार साँझ करिब ७ः४५ बजेतिर सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा लुटपाट भएको […]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८० रुपैयाँ, आलु रातो प्रतिकिलो २८ […]
इरानमा भइरहेको सरकार विरोधी प्रदर्शनलाई अमेरिकाले सहयोग गर्ने तयारी गरेको छ। पछिल्लो विरोध प्रदर्शनका क्रममा भएको दमनमा कम्तीमा २ हजार जनाको मृत्यु भएको तथ्य बाहिर आएपछि अमेरिकाले सहयोगको तयारी गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनताका लागि सहयोग “आउँदैछ” भन्दै प्रतिबद्धता जनाएका छन्। अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी’ का अनुसार इरानमा इन्टरनेट पूर्णरूपमा […]
विवाहको १६ वर्षपछि २०६४ सालमा काठमाडौँकी ज्ञानुलक्ष्मी श्रेष्ठले पति लालकाजी श्रेष्ठविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अंशसहितको सम्बन्धविच्छेद मुद्दा हालिन्। तीन वर्षपछि ५ पुस २०६७ मा अदालतले सम्बन्धविच्छेद हुने र अंशको चार भाग लाग्ने गरी फैसला गर्यो। तर, जिल्लाको फैसला चित्त नबुझेपछि लालकाजी बदरको माग गर्दै उच्च अदालत पाटन पुगे। २०६८ सालमा उच्च अदालतले जिल्लाकै फैसला सदर […]
एजेन्सी । इरानमा सरकारविरोधी प्रदर्शन क्रममा २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । मानव अधिकारवादी संस्थाहरूका अनुसार पछिल्लो १७ दिनमा १ हजार ८ सय ५० जना प्रदर्शनकारीहरुको मृत्यु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई सहायता आउँदै छ भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिनुभएको छ। प्रदर्शन इरानभरी १ सय ८० भन्दा बढी शहरमा फैलिएको […]