गूगलभन्दा लोकप्रिय अनलाइन साइट बन्यो टिकटक

पुस ९, लन्डन । अमेरिकी सर्च इञ्जिन गूगललाई उछिनेर पहिलो स्थानमा चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक आएको छ ।  सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउड फ्लेअरले सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइटको रुपमा टिकटक बनेको बताएको छ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सामाजिक सञ्जाल टिकटकको गूगलको भन्दा बढी अनलाइनमा खोजी हुने गरेको छ । अर्थात् प्रयोगकर्ताहरू गुगलमाभन्दा धेरै टिकटकमा व्यस्त हुन थालेको पनि उसले बताएको छ । इन्टरनेटका वेबसाइटहरूको नयाँ वरियता सूचीमा सन् २०२१ को फेब्रुअरी, मार्च र जुन महीनामा  टिकटकले गूगललाई शीर्ष स्थानबाट पछि पारेको र  त्यसपछि अगस्ट महीनायता टिकटक नै नम्बर एक स्थानमा कायमै रहेको छ । गत वर्ष गूगल पहिलो स्थानमा र टिकटक, एमजन, एपल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स लगायतका साइटहरू प्रथम १० स्थानमा थिए।सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरूको सूचीमा टिकटक चौथो स्थानमा थियो ।  क्लाउडफ्लेअरका अनुसार वेबसाइटमा जाने ट्राफिकको निगरानी गर्ने उपकरण क्लाउड फ्लेअर रेडारको प्रयोग गरेर डेटाहरू अनुगमन गर्ने गरिन्छ। उसले टिकटकको लोकप्रियताका पछाडि कोभिड महामारी सहायक रहेको अनुमान पनि गरेको छ। उसको विश्लेषण अनुसार कोरोना महामारीको समयमा घरैमा बस्नुपर्ने बाध्यतामा रहेका कारण प्रयोगकर्ताहरुको ध्यान मनोरञ्जनका उपायहरू खोज्दै गर्दा टिकटकमा परेको हुनसक्छ। यो वर्षको जुलाई महीनासम्ममा टिकटक एप ३ अर्बभन्दा बढी पटक डाउनलोड भएको अर्को डेटा कम्पनी सेन्सर टावरले बताएको छ। टिकटकको हाल विश्वभर १ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको अनुमान छ । बीबीसी

सम्बन्धित सामग्री

बालबालिकालाई इन्टरनेटबाट बचाउन अभिभावकले समय बढी दिनुपर्छ

आजको समयमा युट्युब सबै उमेर समूहमाझ लोकप्रिय साइट हो, जहाँ सबै किसिमका भिडियो हेर्न पाइन्छ। साथै, प्रयोगकर्तालाई छोटो भिडियो हेर्न र सेयर गर्ने सुविधा हुने टिकटक पनि एक लोकप्रिय साइट हो, जहाँ सबैभन्दा बढी महिला तथा बालिबालिका भुल्छन्। बेलायतको सञ्चारनियामक अफकमको एक अनुसन्धान प्रतिवेदनले बालबालिका सामाजिक सञ्जाल अत्यन्त उत्सुक प्रयोगकर्ता भएको पुनः पुष्टि गरेको छ। […]

ट्वीटरमा गज्जबको फिचर, टिकटकमा जस्तै भिडियो बनाउन सकिने

प्रयोगकर्ताबीच लोकप्रिय बनिरहनका लागि माइक्रो ब्लगिङ साइट ट्वीटरले विभिन्न नयाँ फिचरहरू ल्याउने गरेको छ । सोही क्रममा ट्वीटरले आफ्नो एपमा यस्तो नयाँ फिचर थप गर्दैछ जहाँ प्रयोगकर्ताहरुले फोटो तथा भिडियो मार्फत् कुनै पनि ट्वीटमा प्रतिक्रिया जनाउन सक्नेछन् । ट्वीटरको यो फिचरमा हुबहु टिकटक तथा इन्स्टाग्राम रिल्स जस्तै भिडियो तथा फोटो देखिनेछ । ट्वीटरले थप गर्न […]

बालबालिकालाई यसरी सेक्स र ड्रग्स पस्किँदैछ टिकटक

बब बेरी, जर्जिया वेल्स, जोन वेस्ट, जोआना स्टर्न र सेजन फ्रेन्चटिकटकमा आफ्नो एकाउन्ट खोलेपछि एक १३ वर्षीय प्रयोगकर्ताले ‘अन्ली फ्यान्स’ सर्च गर्न थाले । ‘अन्ली फ्यान’ एडल्टको मनोरञ्जनका लागि आवश्यक सामाग्री अपलोड गर्न चिनिएको साइट हो । यसपछि यी प्रयोगकर्ताले केही भिडियोहरू हेरे, जसमा दुई वटामा पोर्नोग्राफी पनि बेचिरहेको थियो ।यसपछि यी प्रयोगकर्ताले ‘फर यु’ फिड नियाले । यहाँ धेरै प्रयोगकर्ताहरूले हेर्ने गरेका लोकप्रिय भिडियोहरू टिकटकले देखायो । तर, बाल

टिकटक क्विनको अभिनय

गीत तथा भिडियो सेयर गरिने सोसल साइट टिकटकमा सर्वाधिक लोकप्रिय अनुहार मानिन्छिन्– रेश्मा घिमिरे । पेसाले स्वास्थ्य परिचारिका घिमिरे फुर्सदको क्षण टिकटक भिडियो बनाएरै बिताउँछिन् ।