नेपाल राष्ट्र बैंकले जेठ १३ गते बिहीबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८१ ‘च’ बिक्री खुल्ला गर्ने भएको छ । बैंकले दुई वर्षका लागि सार्वजनिक बोल कबोलमार्फत उक्त विकास ऋणपत्र बिक्री गर्ने भएको हो । बुधबार एक सूचना जारी गर्दै बैंकले ऋणपत्र खरिदका लागि इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई तोकिएकै समय भित्र दरखास्त दिन आह्वान गरेको छ । बैंकका अनुसार उक्त विकास ऋणपत्रको बोलकबोल बुधबार दिउँसो ३ बजे हुनेछ