कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ नौखरीमा ४२७ जनाको रगत परीक्षण गर्दा ३५ जनामा सिकलसेल एनिमियाको ट्रेट (बाहक) फेला परेका छन्। चार महिनाअघि वडा नम्बर ३ मा गरिएको परीक्षणमा १७ जनामा ट्रेट फेला परेको थियो।नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सिकलसेल एनिमिया र थाल्सेमिया पहिचान तथा निदान शिविरमा निःशुल्क परीक्षण गरिएको थियो। बाहक फेला परेका व्यक्तिहरूको रगतलाई पुनः परीक्षणका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा पठाइएको छ। सिकलसेल एनिमिया भए नभएबारे सात दिनभित्र नतिजा आउने स्वास्थ्य शाखाका सिनियर अ